कम्युनिष्ट कुखुरो, कांग्रेस हाँस !

कम्युनिष्ट कुखुरो, कांग्रेस हाँस !

साइँला भाइ

यतिखेर उप–चुनाउको मौसम छ । नेताहरुलाई मौसमी रोजगारी खुलेको छ, भाषन गरेर गुजारा चलाउने । मौसम जाडोको छ तर, नेताहरुलाई गर्मी भाषन गर्नु पर्ने छ । सत्तारुढ पार्टीका नेता सरकार चलाउने काममा पनि व्यस्त भएकोले थोरै नै संख्यामा चुनाउको दौडाहामा छन् । तर प्रतिपक्षी नेपाली कांग्रेसका नेता फुर्सदैफुर्सदैमा भएकोले गल्ली टोलका कोणसभामात्र हैन, गुन्द्री सभामा पनि सम्बोधन गर्दै हिँडेका छन् । अन्य सानातिना दललाई चाडबाड आए बराबर छ 

यस्तो सक्रियता देखाउने मध्ये नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा हुन । यसैपनि प्रवक्ता शर्मा भाषनभुषन गर्न पनि माहिर नै छैन । कांग्रेसीका यी तेस्रा पुस्ताका नेता शर्मा कांग्रेसका पहिला पुस्ताका लौह पुरुष गनेशमान सिंह झैं कथाकुथुङ्ग्री जोडेर भाषनलाइ रमाइलो बनाउँछन् । 

यस्तैमा धरानमा हुँदै गरेको उप–चुनाउमा कांग्रेसलाई हाँस र कम्युनिस्टलाइ कुखुरोको उपमा दिएर भाषनलाइ मनोरञ्जनपूर्न र शिक्षाप्रद बनाए । उनले तर्क गर्दै भने कम्युनिस्टले सानो काम गरे भने पनि ठूलो हल्ला गर्छन । तर, कांग्रेसीले जतिनै ठूलो काम गरेपनि हल्लाखल्ला प्रचार प्रशार गर्दैनन् । जसरी कुखुराले ठूलो होहल्ला गर्दै सानो अण्डा पार्छ तर हाँसले ठूलो अण्डा होहल्ला नगरी नै पार्छ । यसरी उनले धरानमा कम्युनिस्टलाइ कुखुरो र कांग्रेसलाइ हाँसको उपमा दिएर पुरानो मान्यतालाइ भत्काउने कोशीस गरे । पुरानो मान्यता अनुसार धरानमा कम्युनिस्टलाइ खराने र कांग्रेसलाइ गोबर भन्ने चलन थियो । यो नाम कांग्रेसले कम्युनिस्टका पुस्तक जलाएपछि उनीहरुले नै खरानी नाम दिएका हुन । यता पुस्तक जलाउने कांग्रेसलाइ कम्युनिस्टले गोबर नाम दिएका थिए ।