ट्रम्पलाई कडा टक्कर दिन सक्ने ब्लुम्बर्ग

ट्रम्पलाई कडा टक्कर दिन सक्ने ब्लुम्बर्ग

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आगामी राष्ट्रपति पदको दौडमा आफूलाई घोषणा गर्ने माइकल ब्लुम्बर्गले कडा टक्कर दिन सक्ने चिनियाँ विज्ञहरूको बुझाइ रहेको छ । चाइना फरेन अफेयर्स युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानका प्रोफेसर लि हाइदोङले ब्लुम्बर्गको घोषणालाई ट्रम्पका लागि कडा प्रतिस्पर्धी हुने सक्ने विचार प्रस्तुत गरेका हुन् । ‘ब्लुम्बर्ग क्यान गिभ ट्रम्प अ टफ फाइट’ शीर्षक अन्तर्गत ग्लोबल टाइम्समा लेखेको आलेखमा उनले बुँदागतरूपमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
गत शनिबार न्युयोर्कका पूर्व मेयर ब्लुम्बर्गले आफू राष्ट्रपति पदको चुनावमा सहभागी हुने घोषणा गरे । राजनीतिक तथा व्यावसायिक दुबै क्षेत्रमा प्रभावशाली व्यक्तित्व भएका ब्लुम्बर्गलाई बलियो दाबेदारको रूपमा मानिएको छ ।

विगतका डेमोक्रेटिक पार्टीका बहसहरूमा ब्लुम्बर्ग सहभागी भएनन् । यसले उनको चुनावी अभियानलाई केही प्रभाव पार्न सक्ने देखिएपछि उनी आफै एक प्रसिद्ध सार्वजनिक व्यक्तित्व हुन जसले उनलाई यस्ता बहसमा अगाडि बढाउन मदत गर्नेछ । डेमोक्रेटिक पार्टीको बहसहरूमा उनको चुनावी अभियानलाई  प्रभावशाली व्यक्तित्वले बलियो आधारशीला थपि दिएको देखिएको छ ।

दोस्रो महत्वपूर्ण विषय भनेको डेमोक्रेटिक पार्टीका अन्य उम्मेदवारहरूको तुलनामा उनी आफै प्रचुर सम्पत्ति भएका व्यक्ति हुन् । उनले चुनावी अभियानका लागि आवश्यक स्रोतको बढी भन्दा बढी परिचालन गर्न सक्ने क्षमता राखेका छन् ।

तेस्रो महत्वपूर्ण विषय भनेको ब्लुम्बर्गको लक्ष्य भनेको डोनाल्ड ट्रम्पलाई हराउनु रहेको छ । पदासिन ट्रम्प विरूद्ध अमेरिकीहरूको असन्तोष बढिरहेको छ ।विभिन्न किसिमका काण्डहरूका साथै महाअभियोगको विवादमा पनि फसेकाले अलोकप्रिय बन्दै गएको अवस्था बनेको छ । ट्रम्पका लागि उनको चुनावी अभियानमा यी विषयहरू बाधा बन्ने देखिएको छ । यसका अतिरिक्त अर्को वर्ष अमेरिकी अर्थतन्त्र अझ बढी सुस्त हुन्छ भने दोस्रो पदावधिका लागि बाटो गाह्रो हुनेछ । 

चौथो विषय भनेको न्यूयोर्कको मेयर रहेका बेला राम्रो छवि बनाएका ब्लुम्बर्गका विद्यमान नीतिहरू सापेक्षिकहरूपमा सन्तुलित र मुख्यधारका लागि संरचनात्मक रहेका छन् ।यी विषय उनको चुनावी अभियानलाई अडान दिन सहयोगी हुने प्रोफेसर लिको भनाइ रहेको छ ।

राष्ट्रपति पदको उम्मेदावरीको घोषणा अन्य प्रतिस्पर्धी उम्मेदवारहरूको तुलनामा पछि गरेको भएपनि उनी अग्रपंक्तिमा छिट्टै जान सक्ने देखिएको छ । अहिले अग्रपंक्तिका उम्मेदवार पूर्व उपराष्ट्रपति जो बिडेन, सिनेटर बर्नी स्यान्डर्स र एलिजाबेथ वारेन सबै जति विभिन्न किसिमका काण्डमा जोडिएर उम्किन संघर्ष गरिरहेका छन् ।  

डेमोक्रेटिक पार्टीका तर्फबाट अहिले बहसमा सहभागी भएको अग्रपंक्तिका उम्मेदावरहरू मध्ये कोहीले पनि ट्रम्पको प्रतिस्पर्धा गर्न सक्ने शक्तिशाली व्यक्तित्व देखिएको छैन् । ब्लुम्बर्गले डेमोक्रेटिक प्राथमिकताहरूमा सफलता पाउने देखिएको छ ।अर्बपति, द वाल स्ट्रिट र अमेरिकी घरानियाँ वर्गसँगको सम्बन्धले उनलाई चुनावी अभियानलाई हानी पु¥याउने अवस्था नरहेको बताउँदै प्रोफेसर लिले उनको नीतिगत प्रस्तावहरूले विवेकशील मतदाताहरूको ध्यान तान्ने बताए ।

यहुदी राष्ट्रपति अमेरिकी इतिहासमा नभएकाले अहिलेको जटिल धार्मिक अवस्थामा ब्लुम्बर्गको यहुदीको परिचयले अमेरिकी अभियानमा थप प्रभाव पार्न सक्ने देखिएको छ । तर यी सबै कसरी हुने हो त्यसका लागि पर्खिनुपर्ने बताउँदै प्रोफेसर लिले  ब्लुम्बर्गलाई बहुमत डेमोक्रेट समर्थकहरूको साथ पाउनेमा केही कठिनाइ देखिएको छ ।  

उनको पूर्व नश्लवादी एवं लैङ्गिक अभिव्यक्तिहरूलाई बाधा बनाएर मिडियाले चुनावी अभियानमा प्रस्तुत गर्न सक्ने देखिन्छ । यी सबै विषय उनको सार्वजनिक जीवनका सम्बन्धका आधारमा तय हुने विषय हुन् । 

ब्लुम्बर्गको घोषणाले डेमोक्रेटिक पार्टीलाई फेरि सत्तामा ल्याउन सक्ने सम्भावना बढाइ दिएको उनले जनाए । ट्रम्पको तुलनामा ब्लुम्बर्गका काण्डहरू थोरै छन् भने राजनीतिका राम्रा रेकर्ड धेरै छन् । साथै उनको व्यवसायमा पनि राम्रो प्रतिष्ठा रहेको छ । ब्लुम्बर्गले ट्रम्पलाई प्रतिस्पर्धामा डेमोक्रेटको तर्फबाट प्रतिनिधित्व गर्न पाउने हो वा होइन अहिले नै भन्नु हतारो हुने भन्दै प्रोफेसर लि भन्छन् – “एउटो कुरो निश्चित भनेको ब्लुम्बर्गसँग क्षमता,स्रोत, अनुभव, गुण र जित्ने सम्भावना विद्यमान छ ।”