मृत विश्व अर्थतन्त्र जोगाउन फरमलडिहाइड दिएजस्तो 

मृत विश्व अर्थतन्त्र जोगाउन फरमलडिहाइड दिएजस्तो 

काठमाडौ । अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भ शव जोगाउने रसायन ‘फरमलडिहाइड’जस्तो रहेको टिप्पणी गरिएको छ । अन्तराष्ट्रिय रेटिङ नियोग मूडीले समग्र विश्वको ऋणको बारेमा जारी गरेको एक अध्ययन पछि यस्तो टिप्पणी गरिएको हो ।
मुडीले वैश्विक भूराजनीतिक अनिश्चितता र जोखिम गहिरिदै गएका कारण समग्र विश्वका लागि ऋणको ह्रासोन्मुख अवस्थाले खतरनाक संकेत गरिरहेको  जनाएको छ ।

यस विषयमा छलफल केसर रिपोर्टको छलफलबाट उथलपुथलको बढदो अवस्थाका बाबजुद अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले निरन्तर धन छपाइ जारी राखेको देखिएको छ ।

“निसन्देह हामीसँग धामी झाँक्रीका अगाडि शव राखेर अन्तिम प्रयास गरिरहेको मृत शरीरको जस्तो एक जोम्बी अर्थतन्त्र छ तर ऋणको भार थुप्रिदै गइरहेको अवस्थामा धन्य फेडरल रिजर्भले कहिल्यै समाप्त नहुने धन छाप्ने परेड जारी राखेको छ ।”स्टासी हर्बर्टले भनिन् । फेडरल रिर्जभका अध्यक्ष जेरोमे पावलको शब्द“अर्थतन्त्र भन्दा द्रुत गतिले ऋण बढिरहेको छ ” स्मरण गर्दै उनले यस्तो भनेकी हुन् ।

विश्व अर्थतन्त्रको विद्यमान प्रणालीको बारेमा यी परिदृश्यबारे म्याक्स  केइसरले भने “ मलाई शव राख्न भाँडो बनाउने मोर्टिसियनको कथा स्मरण आउँछ जसले शवमा फरमलडिहाइड शवमा राख्दै भन्छ शवमा श्वास फर्केर नआएपनि मैले यो शवमा कति फरमलडिहाइड दिए त्यसबारे सोच्दिन”

वारेन बफेट र ज्यामि डाइमन्डले पनि अवस्था मोर्टिसियनकै जस्तै देखेका छन् । अमेरिकी अर्थतन्त्रसमेत विश्व अर्थतन्त्र सन् २००८मै म¥यो भन्दै उनले भने “अहिले भनिएको क्रेडिट क्रन्च वा तरलताको अभाव र त्यसको समाधान भनेको मृत शरीरमा दिइने फरमलडिहाइडको रूपमा धन हो तर वास्तवमा यो ऋण नै हो ।”