व्यापार युद्धबाट ट्रम्पलाई बेफाइदा 

व्यापार युद्धबाट ट्रम्पलाई बेफाइदा 

काठमाडौ । ‘अमेरिका फस्ट’ एजेन्डा बोकेर राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले चीनसँग चालेको व्यापार युद्धबाट अमेरिकको वैश्विक नेतृत्व मात्रै होइन ट्रम्पको गन्तव्य पनि गुम्दै गएको विज्ञहरूले बताएका छन् । विलामिट युनिभर्सिटिका प्रोफेसर यान लियाङले आर्थिक आँकडा प्रस्तुत गर्दै यस्तो बताएका हुन् । ‘ट्रम्प माइट लुज द युएस चाइना ट्रेड वार’ शीर्षकमा लेखेको आलेखमा उनले यस्तो बताएका हुन् ।

१० वर्ष अघि व्यापारमा आधारित रहेको जस्तो चीनको अर्थतन्त्र नभएको जनाउँदै उनले सन् २००८मा चीनको व्यापार बचत कुल गार्हस्थ्य उत्पादन( जीडीपी)को ८.३ प्रतिशत थियो भने सन् २०१८मा यो मात्र १.३ प्रतिशतमा झरेको जनाए  ।

अर्कोतर्फ चीनको घरपरिवार उपभोगको जीडीपी हिस्सा अमेरिकाका तुलनामा अझ कम रहेपनि द्रुतगतिमा बढेको देखिएको छ । अमेरिकाको घरपरिवार उपभोगको जीडीपी हिस्सा ६८ प्रतिशत रहेको छ भने चीनको ४० प्रतिशत छ । निजी उपभोगको औसत बृद्धि दर सन् २००० देखि २०१८मा ८ प्रतिशत थियो ।अमेरिकाको यो २.२ प्रतिशत रहेको देखियो ।

सन् २०१५देखि चीनको उपभोगको हिस्सा जीडीपीको ६० प्रतिशत माथि पुगेको छ । ठीक यहिबेला निर्यातको योगदान १० प्रतिशत भन्दा कम रहेको छ । डिजिटल अर्थतन्त्रको बृद्धिको विषयमा मार्टिन उल्फको भनाइ अनुसार आम उपभोक्ता समाज अर्को दशक भित्र चीनमा उदाउने छ । चिनियाँ सरकारलाई घरेलु मागलाई बृद्धि गर्न र व्यापारको नकारात्मक प्रभावलाई हटाउन प्रशस्त नीतिगत स्थान रहेको प्रोफेसर यानको भनाइ छ ।

ट्रम्प प्रशासनले व्यापार युद्धबाट चीनलाई प्रभावित पार्ने सोचाइ यथार्थभन्दा टाढा रहेको देखिएको छ । चीनबाट कम्पनीहरू बाहिर जान लागेको हल्ला सामान्यरूपमा आँकडामा देखिएको छैन् ।अमेरिका चीन व्यवसाय परिषद्ले सार्वजनिक गरेको सर्वेक्षणका आधारमा ९७ प्रतिशत चीनमा रहेको अमेरिकी व्यवसायले आफूहरू मुनाफामा रहेको जनाएका छन् । ८७ प्रतिशतले आफूहरूले व्यवसाय स्थानान्तरण गर्ने कुनै सोचाइ नरहेको जनाएका छन् ।

चीनबाट गएका केही कम्पनीहरूमा भियतनाम जस्ता देशमा गएका छन् । उनीहरूलाई दक्ष जनशक्तिको अभाव र सिमिति पूर्वाधारको अभावले चीन फर्किनुपर्ने देखिएको जनाइएको छ । सन् २०१९को पहिलो अर्धवार्षिकमा चीनको अमेरिका निर्यात ८प्रतिशतले घटेको छ ।

व्यापार युद्धबाट ट्रम्पको आर्थिक र राजनीतिक आधारहरू गुम्ने खतरा बढेको देखिएको छ । ट्रम्पले चिनियाँ आयातमा लगाएको अतिरिक्त भन्सार महशुलका कारण अमेरिकी घरपरिवारहरूलाई औसत लागत भार वार्षिक १हजार अमेरिकी डलर बराबरको बढेको छ ।
अर्कोतर्फ यो अतिरिक्त भन्सार महशुलले गर्दा रोजगार बढने अपेक्षा पनि अझै मनको लडडु घिउसित खानु जस्तै हुन पुगेको देखिएको छ । सन् १९८०को तुलनामा अमेरिकी उत्पादनमूलक क्षेत्रमा रोजगार गुमेको देखिएको छ । १९८०देखि २०००सम्म उत्पादनमूलक क्षेत्रमा २०लाख रोजगार गुमेको थियो भने २०००देखि २०१६सम्म अर्को ५०लाख रोजगार गुमेको अवस्था रहेको देखियो ।

अमेरिकी अर्थतन्त्रको रूपान्तरण उत्पादनमूलक क्षेत्रबाट सेवामुखी अर्थतन्त्रको रूपमा हुँदा यस्तो देखिएको थियो । भन्सार महशुलको अतिरिक्त भारका कारण चीनमा रहेका कम्पनीहरू अमेरिकामा नगएर भिएतनाम, कम्बोडिया र अन्य न्यून लागत हुने देशहरूमा गइरहेका छन् ।

अझ भन्नु पर्दा अमेरिकी कम्पनीहरूको वैश्विक आपूर्ति शृंखलाको निर्भरता चिनियाँ आपूर्तिकर्ताहरूमाथि रहेको छ । यस आधारमा आँकलन गर्दा ट्रम्पको अतिरिक्त महशुलको यो लडाइँले अमेरिकी बृद्धिलाई आधा प्रतिशतले घटाउनेछ ।
ट्रम्पको ट्याक्टिसले अमेरिकाको कृषि निर्यातलाई असर गरेको छ । यो क्षेत्र ट्रम्पको मतदाताहरूको क्षेत्र हो ।

सन् २०१८ जुलाईदेखि जुन २०१९सम्म टाटपल्टिएको उजुरी दिने कृषि फार्महरूको संख्या १३ प्रतिशतले बढेर गएको देखिएको छ । ट्रम्पको एजेन्डा र नाराले अमेरिकी किसानहरूका लागि फलदायी नभएको देखिनु ट्रम्पको मतदाताहरूमा ह्रास आउनु हो ।
यो व्यापार बृद्धिले दुबैलाई हानी गरेपनि फाइदा दुबैको भन्दा टाढा हुने देखिएको उनले जनाएका छन् ।