नेपालको आर्थिक समृद्धि बिथोलिदिने अमेरिकाको चेतावनी

नेपालको आर्थिक समृद्धि बिथोलिदिने अमेरिकाको चेतावनी

काठमाडौ । अमेरिकाले नेपाललाई आर्थिक समृद्धि बिथोलिदिने चेतावनी दिएको छ । नेपालले अमेरिकाको कुरो नमान्दा विगतमा पनि आर्थिक समृद्धिका स्रोतहरू सुकाइ दिने गरेको जनाउँदै चीनसँग बढी जोडिए फेरि त्यस्तो गर्ने चेतावनी दिएको पर्यवेक्षकहरूले बताएका छन् ।

अमेरिकी कांग्रेसका सदस्यहरूले यस्तो चेतावनी सहितको पत्र अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीलाई पठाएका छन् । पठाइएको सो पत्रमा नेपालको आर्थिक कारोबार अभिवृद्धि हुने खालको विधेयक अमेरिकी सिनेटबाट फिर्ता लिएको जनाउँदै नेपालले आफ्नो स्वार्थ अनुकूल नचले यस्ता कार्य दोहरिने उनीहरूले मनसाय उल्लेख गरिएका छन् ।

अमेरिकाले सन् २००३मा तिब्बतीहरूलाई चीनलाई नसुम्पन दिएको दबाब बेवास्ता गरी १८ जना तिब्बतीलाई चीन पठाइएको थियो । त्यसको जवाफमा अमेरिकाले नेपालको तयारी पोशाक उद्योगसम्बन्धी एक व्यापार विधेयकलाई सिनेटबाट फिर्ता लिएको थियो । 

नेपाली पक्षलाई यसबाट हुने लाभ प्राप्त नभइ आर्थिक नोक्सानी भएको र अमेरिकाको प्राथमिकता अझ त्यही रहेको पत्रमा उल्लेख गरिएको छ । पत्रमा भनिएको छ “ नेपालले चीनलाई १८ तिब्बती शरणाथीहरू बुझाए पछि  २००३मा नेपालको  तयारी पोशाक उद्योगसम्बन्धी एक व्यापार विधेयकलाई सिनेटबाट फिर्ता लिइए जस्तै अमेरिकी कांग्रेसका लागि अझ नेपालको प्रतिबद्धता त्यस्तै हुनुपर्ने एक प्राथमिक चाहना छ ।” जेम्स पी म्याकगभर्न र क्रिस्टोफर एच स्मिथलगायतका अमेरिकी कांग्रेस सदस्यहरूको एक समूहले नेपाली राजदूत डा. कार्कीलाई पत्र पठाएका छन् ।