बालुवाटारमा मन्त्रीका परिवारलाई 'डिनर पार्टी'

बालुवाटारमा मन्त्रीका परिवारलाई 'डिनर पार्टी'

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्रिपरिषद्का नयाँ र पूराना मन्त्रीलाई 'डिनर' गराएका छन्।

प्रधानमन्त्री ओलीले नयाँ र पूराना मन्त्री र तिनका परिवारलाई  बालुवाटार बोलाइएको थियो। जमघटमा मन्त्रिपरिषदका पूराना र नयाँ मन्त्रीहरूको उपस्थिती थियो ।

‘निवर्तमान मन्त्रीहरूलाई पनि बोलाइएको थियो। प्रधानमन्त्रीले जाने साथीहरूलाई अहिलेसम्मका लागि धन्यवाद भन्नुभयो, आउनलेलाई पूरानाका कामलाई निरन्तरता दिने भन्ने भन्नुभयो,’ एक मन्त्रीले भने ।
सो डिनरमा समाजवादी पार्टीका मन्त्रीहरू भने सहभागी थिएनन् ।