भारत भ्रमणमा रहेका मन्त्री उपेन्द्र यादव आक्रोशित हुँदै स्वदेश फर्किए, अब के गर्लान् ?

भारत भ्रमणमा रहेका मन्त्री उपेन्द्र यादव आक्रोशित हुँदै स्वदेश फर्किए, अब के गर्लान् ?

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए । मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका सामाजवादीका अध्यक्ष यादव आक्रोशित हुँदै शुक्रबार स्वदेश फर्किएका छन् ।

उनी नआउँदै देशभित्र यो प्रश्न उब्जिएको छ, अब उनी के गर्लान ? समाजवादीमा यसै विषयमा मतभेद सुरु भइसकेको छ । केही सरकार छाड्नुपर्ने तर्कमा छन् भने कतिपय अझै हेर्नुपर्ने धारमा छन् । समाजवादीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई तत्काल सरकारबाट बाहिरिनुपर्ने पक्षमा छन् । तर, उपप्रधानमन्त्री यादव निकटले मन्त्रालय हेरफेर हुँदैमा सरकारबाट बाहिरिनुपर्ने तर्क सही नभएको बताएका छन् । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।