प्रधानमन्त्री हुने हतारो छैनः प्रचण्ड

प्रधानमन्त्री हुने हतारो छैनः प्रचण्ड

काठमाडौं, ७ मंसिर । नेकपाका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारेका छन् ।

‘मलाई प्रधानमन्त्री हुने हतारो छैन । देशमा स्थिरता हुनुपर्यो, स्थायित्व हुनुपर्यो । विकास निर्माणले गति लिनुपर्यो,’ उलने आफ्नो खुमलटार निवासमा शुक्रबारअन्तर्वार्ता दिँदै भने,‘ म पार्टी अध्यक्षका हैसियतले देशको स्थायित्व  र जनताको भलाइका निम्ति सक्रिय भूमिका खेल्छु ।’ अध्यक्ष प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच स्पष्टसँग अधिकार बाँडफाँट गरिएपछि सबै भ्रमहरुको अन्त्य भएको पनि उल्लेख गरे । यो समाचार कान्पिुर दैनिकमा प्रकाशित छ ।