सुनको भाउ घट्यो, विवाह लगनको बेलामा उपभोक्तालाई राहत

सुनको भाउ घट्यो, विवाह लगनको बेलामा उपभोक्तालाई राहत

आज शुक्रबार सुनको भाउ घटेको छ। अघिल्लो दिन बिहीबार ७२ हजार रुपैयाँमा खरीद बिक्री भाउको छापावाला सुन शुक्रबार तोलामा ३०० ले घटेर ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

केहि समय अघिदेखि तिब्र बढीरहेको सुनको भाउ बिहीबार देखि भने घट्न थालेको हो।

यसैगरी, शुक्रबार तेजाबी सुनको मूल्य पनि प्रतितोला ३०० ले घटेर ७१ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ। शुक्रबार सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदीको अघिल्लो दिनकै मूल्य ८६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन बिहीबार भने चाँदी तोलामा ५ रुपैयाँले घटेको थियो। मूल्यमा आएको उच्च वृद्धिले विगत ५ महिना कारोबारमा मन्दी आएतापनि तिहारको बेला भने राम्रो ब्यापार भएको थियो । तिहार पछि पनि राम्रै कारोबार भईरहेको ब्यवसायीहरु बताउँछन् ।  

मंसिरमा विवाहको लग्न भएको र विवाहमा सुन नभै नहुने नेपाली संस्कृती समेत भएकोले ब्यवापार सन्तोषजनकनै रहेको ब्यवसायीहरुको भनाई छ । सुनको भाउमा केही भएपनि कम हुँदा उपभोक्तालाई समेत राहत भएको छ ।