नेपालमा भारत विरोधी भावना घटाउन जोड

नेपालमा भारत विरोधी भावना घटाउन जोड

काठमाडौ । कालापानीको एक इन्च जमिन नदिने भन्दै भारतीय सेना फर्काउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति पछि भारतीय विज्ञहरूले भारत विरोधी भावना घटाउने विदेश नीति ल्याउनमा जोड दिन थालेका छन् ।

सन् २०१५मा भारतद्वारा गरिएको नाकाबन्दीयता भारत विरोधी भावनालाई प्रबल बनाएको बताउँदै यस्तो भनिएको छ । भारतका वरिष्ठ पत्रकार केएस तोमरले ‘भारत के नक्शे को लेकर नेपाल की आपत्ति को उसके चीन से रिश्तों के सन्दर्भ मे देखनने की जरूरत’ शीर्षकमा लेखेको आलेखमा  भनेका छन् “  चिनियाँ राष्ट्रपति सी चिनफिङले जो नेपालमा रोपेका छन् , त्यो भविष्यमा बढेर भारतको सुरक्षा सम्बन्धी ठूलो चिन्ता उत्पन्न गर्न सक्छ । त्यसैले भारतको विदेश नीतिमा परिवर्तन गर्दै जनसम्पर्कमा विस्तार गर्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने र नेपालमा भारत विरोधी भावनाहरूलाई कम गर्नुपर्ने आवश्यकता छ ।”

श्रीलंकामा चीन समर्थक गोतबाया राजपाक्षे राष्ट्रपति चुनिनु र नेपालका प्रधानमन्त्री ओलीले कालापानीबाट सेना फिर्ता गर्नुपर्ने अभिव्यक्तिबाट उत्पन्न विवादले अन्तर्राष्ट्रिय मञ्चमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बढाएको भारतीय प्रतिष्ठामा आघात पुगेको र भारत यो क्षेत्रमा एक्लिने आंशका बढाएको तोमरले उल्लेख गरेका छन् ।

गोतबायाको विजयलाई कपितयले भारतको विदेश नीतिमा धक्का लागेको बताइरहेका छन् । सन् २०१५मा भारत सरकारले नवनिर्वाचित श्रीलंकाली राष्ट्रपति महिन्दा राजपाक्षाको हार सुनिश्चित गराउन एक गोप्य अभियानलाई मदत गरेको तुलनामा अहिले गोतबायाको विजयलाई भारतीय विदेश नीतिको पराजयको रूपमा लिइएको छ ।