गुगल फेसबुकका व्यावसायिक मोडल मानवअधिकारका लागि खतरा

गुगल फेसबुकका व्यावसायिक मोडल मानवअधिकारका लागि खतरा

काठमाडौ गुगल र फेसबुकको व्यावसायिक मोडल मानवअधिकारका लागि खतरा भएको मानवअधिकार संगठनहरूले जनाएका छन् ।  डेटा संकलन गर्ने व्यावसायिक मोडलबाट मानवअधिकार संगठनहरूलाई  चिन्तित बनाएको देखिएको छ ।
एम्नेस्टी इन्टरनेशनलले यससम्बन्धी एक प्रतिवेदनमा यस्तो जनाएको छ ।

मानिसहरूलाई निशुल्क अनलाइन सेवा दिएर तिनका जानकारी लिएर धन कमाउनु मानवअधिकार विरोधी हर्कत भएको एम्नेस्टीले जनाएको छ । गुगल फेसबुकले व्यवहारमा ल्याएको मोडलले गोपनीयताको अधिकारलाई पूरा गर्न नसकेको हो ।
गुगल र फेसबुकले आधुनिक मानव जीवनमाथि वर्चस्व जमाएको छ ।

अर्बौ मानिसको व्यक्तिगत डेटा संकलन गरी धन कमाइरहेको एम्नेस्टी इन्टरनेशलका महासचिव कुमी नाइडूको भनाइ छ । यो समयको मानवअधिकारका चुनौतीलाई परिभाषा गरिरहन र डिजिटल जीवनले गोपनीयताको मर्मलाई नै हानि पु¥याएको छ ।
सरकारहरूले अनलाइन सेवाहरूबाट उपभोक्ताका व्यक्तिगत गोपनीयताको सुरक्षा गर्ने नीतिलाई कार्यान्वयनमा ल्याउनुपर्ने एम्नेस्टीले आग्रह पनि गरेको छ ।

करपोरेटहरूबाट मानवअधिकारको दुरूपयोगलाई रोक्ने जिम्मेवारी सरकारहरूको भाएको बताउँदै एम्नेस्टीले विगतका दुई दशकमा प्रविधि कम्पनीहरूले स्वनियमनलाई व्यापकरूपमा बेवास्ता गरेका छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्गले सरकारलाई कानुन ल्याउन आग्रह गरेका थिए । गुगलले यसबारे लेखतमा कुनै प्रतिक्रिया जनाएको छैन् ।