ट्याक्सी चढेर बाहिरिए निवर्तमान मन्त्री गोकर्ण विष्ट

 ट्याक्सी चढेर बाहिरिए निवर्तमान मन्त्री गोकर्ण विष्ट

काठमाडौं, ५ मंसिर । निवर्तमान श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर सिंहदरबारबाट घरतर्फ प्रस्थान् गरेका छन् । बुधबार बर्खास्तमा परेका निवर्तमान मन्त्री विष्ट बिहीबार सिंहदरबार पुगेर नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिएका थिए ।

उनले मन्त्रालयमा कार्यरत कर्मचारीलाई पनि धन्यवाद दिए । लगत्तै, उनी सिंहदरबारबाट हिँड्दै बाहिरिएका थिए । बाहिर सडकमा सार्वजनिक ट्याक्सी (भाडाको) चढेर उनी सामाखुशीस्थित् आफ्नो निजी निवास गएका हुन् ।