राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण

राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण

काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छिन् । 

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान एक समारोहबीच ६ मन्त्री र ३ जना राज्य मन्त्रीहरूले सपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।