अमेरिकाका नेपाली विज्ञ भन्छन् – एमसीसी इन्डो प्यासिपिक स्ट्रेटजीकै भाग ” 

अमेरिकाका नेपाली विज्ञ भन्छन् – एमसीसी इन्डो प्यासिपिक स्ट्रेटजीकै भाग ” 

काठमाडौ । लोकतन्त्र र स्वतन्त्रताको वैश्विक मान्यतालाई अवमूल्यन हुने गरी चीनसँगको सम्बन्ध विस्तार गर्न नहुने विषयमा नेपाली राजनीतिज्ञहरूले ध्यान दिनुपर्ने वासिंटन डिसीस्थित अमेरिकाका लागि नेपाल मामिलासम्बन्धी केन्द्रका निर्देशक डा. अनिल सिग्देलले आवश्यकता रहेको बताएका छन् ।

नेपालका स्वार्थ र चासोहरूलाई बुझ्नुपर्ने आवश्यकता रहेको भन्दै उनले यस्तो बताएका हुन् । उनले चिनियाँ उदयको यथार्थसँग जोडिएका शर्त तथा यसले हिमालपारीको प्रणालीमा पार्ने अनिवार्य असरबारे  अन्तर्राष्ट्रिय समुदायले बुझ्नै पर्ने बताए ।
डा. सिग्देलले ‘नेपाल–चाइना टाइज टाइटन बट हु गेन्स’ शीर्षकमा यस्तो विषय उल्लेख गरेका हुन् ।

अमेरिकी नेतृत्वको वैश्विक प्रणालीलाई चुनौती दिने गरी चीनले अगाडि बढाएको बेल्ट एन्ड रोड इन्सिएटिभमा हस्ताक्षर गरिरहँदा नेपालको सत्ताधारी नेकपाले विचार नपु-याइ गरेको हो वा नेपालको भूराजनीतिक अवस्थालाई कमजोर बनाउन गरेको हो भन्ने देखिएको उनले जनाएका छन् । उनले सो आलेखमा यसको एक वर्ष पछि नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीलाई अमेरिका बोलाएर अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इन्डो प्यासिफिक स्ट्रेटजीमा नेपालको केन्द्रिय भूमिका लिन आग्रह गरेका थिए । 
इन्डो प्यासिफिक स्ट्रेटजीलाई नेपालमा स्वागत गर्न नखोजिएका दुई परम्परागत कारणहरू रहेको उनले औंल्याएका छन् ।  पहिलो कारणमा एसियामा भारतको भूमिकालाई दर्शाउने रणनीतिको ‘इन्डो’ भाग हो । भारतमाथिको निर्भरतालाई घटाउने नेपालको बलियो चाहना हो । सम्भवतः यो बलियो कारण भारतबारे नेपालको अनुभवले गर्दा चीनको समर्थन नेपालमा रहेको छ ।

अमेरिकी रणनीतिलाई समर्थन गरिरहँदा यसले दक्षिण एसियामा भारतीय वर्चस्वलाई अप्रत्यक्षरूपमा सहयोग गर्न पुगि आफ्नो विकासलाई जोखिममा पार्न सक्ने छ । देशमा असन्तुलन कायम गरिने दबाबहरूबारे नेपालको आंशकालाई यसले सहयोग पु¥याउँछ । डा. सिग्देल भन्छन् – सुनिश्चित होऔं यो क्षेत्रबारे भारतको दृष्टिकोण अमेरिकाको इन्डो प्यासिफिक संस्करण भन्दा भिन्न छ र भारत अमेरिकाबीचका सम्बन्धहरू भिन्न तहमा रहेका छन् । अझ भारतीय दृष्टिकोणले दक्षिण एसियामा भारतको स्थान पहिले जस्तै रहेको विश्वास गर्छ ।”
दोस्रो विषय अमेरिका र अन्य उदारवादी लोकतान्त्रिक देश एवं संगठनहरूले  अन्तर्राष्ट्रिय समुदायमा लोकतन्त्र तथा मानवअधिकारको प्रवद्र्धन गर्न खोज्दा विशेष गरी आदिवासी जनजातिसम्बन्धी राजनीति तथा धर्मनिरपेक्षतासम्बन्धी तिनका नीतिहरूले गलत बुझाइका कारण बनेका छन् । अधिकांश नेपालीले बाह्य दबाबले  नेपालको पहिचानलाई अवमूल्यन गरेको र आर्थिक वृद्धि तथा विकासका लागि सम्झौता गरेको छ । 

ठीक यहि बेला लामो मैत्रीपूर्ण सम्बन्धको आधारमा निर्माण गर्दै चीनले सत्तर्कतापूर्वक सदभाव प्राप्त गर्न नेपालसँगको हातेमालो सम्बन्ध विस्तार गरेको छ । सहयोग अभिवृद्धि गर्न चीनले नेपालको सुरक्षा निकायलाई वित्तीय सहयोग गर्ने प्रस्ताव गरेको छ र भ्रमण एवं विकास परियोजनाहरूमा वित्तीय सहयोग लगायत पार्टी पार्टीबीचको अन्तरक्रियात्मक सम्बन्धलाई बलियो बनाएको छ । 

नेपाल अमेरिका कुटनीतिक सम्बन्ध तनावमा हुनुपर्ने भएपनि नेपालको कम्युनिस्ट सरकारका लागि एक महत्वपूर्ण साझेदार देश अमेरिका भइरहेको छ । ५० करोड अमेरिकी डलर बराबरको अमेरिकाको मिलिनेयम च्यालेन्ज करपोरेशनबाट अनुदान सहयोग परियोजनामा दुबै देशले हस्ताक्षर गरिसकेको र पछि अमेरिकाले यसलाई इन्डो प्यासिपिक स्ट्रेटजीमा आबद्ध गरेको परियोजनालाई नेपाल सरकारले अझ औपचारिकरूपमा अनुमोदन गर्न बाँकी रहेको छ ।

अझ भनौ  नेपाल भारतबीचको सीमा वारपार प्रसारण लाइनका लागि रकम विनियोजन गर्न अघि यसको सञ्चालन  र वित्तीय विवरणबारे भारतको सहमति लिनैपर्ने विषय यो सम्झौता कार्यान्वयनमा आउने शर्तमा रहेका छन् । अमेरिकाको इन्डो प्यासिफिक स्ट्रेटजीका लागि नेपालको आंशकालाई यसले मात्र पनि बलियो पारेको डा. सिग्देलले उल्लेख गरेका छन् ।  यी सबै परिदृश्य प्रस्तुत गर्दै डा. सिग्देलले नेपाली राजनीतिज्ञलाई नेपाली हितलाई ध्यान दिन आग्रह गरेका हुन् ।