इजरेली युद्धक विमानद्वारा दमास्कसमा आक्रमण 

इजरेली युद्धक विमानद्वारा दमास्कसमा आक्रमण 

काठमाडौ । इजरेली युद्धक विमानद्वारा सिरियाको राजधानी दमास्कसमा गरिएको आक्रमणलाई सिरियाली हवाई प्रतिरक्षा प्रणालीले विफल बनाएको छ । इजरेली क्षेप्यास्त्रहरूलाई दक्षिण दमास्कसमा भूमिमा खस्न अघि विफल बनाइएको सिरियाली सरकारी समाचार एजेन्सी सानाले जनाएको छ ।

मंगलबार रातिे इजरेली अधिग्रहणमा रहेको  गोलान हाइटबाट नियन्त्रण गरिएको  इजरेली युद्धक विमानहरूले आक्रमण गरिएको सिरियाली सैनिक स्रोतलाई उल्लेख गरी यो समाचार सार्वजनिक गरिएको छ ।सिरियाली पत्रकार मज्द फहदले समाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा दक्षिण दमास्कसमा भवनहरूमा आगोका मुस्ला र पृष्ठभागबाट बिस्फोटनका आवाज सुनिन्छ ।

इजेरली क्षेप्यास्त्रहरूलाई भूमिमा झर्न अघि नै ध्वस्त गरिएको र अधिकारीहरू ध्वस्त भएका क्षेत्रहरूको अवलोकन गर्न त्यहाँ पुग्ने प्रयास गरिरहेका छन् । आक्रमणमा घाइत भएका परिवारलाई अस्पताल उपचारका लागिएको छ । सिरियाली सरकारले इश्लामिक स्टेट लगायतका आतंकवादी समूहहरू विरूद्ध लडाइ लडिरहेको छ ।