‘एलेक्सा’मा अल्झिएको अनलाइन पत्रकारिता

‘एलेक्सा’मा अल्झिएको अनलाइन पत्रकारिता

फणीन्द्र फुयाल ज्वाला

त्रिवि आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागमा सँगै एमए अध्ययन गरेका एकजना साथीसँग केही वर्ष पछि काठमाडौंको अनामनगरको एक गल्लिमा जम्का भेट भयो । तत्कालै उनीबाट सोधनी भयो, के गर्छौ यार आजकल ? उत्तर फर्काएँ, 'पढेको विषय अनुसारकै जागिर गर्छु ।' उनले फेरि सोधे, ‘पत्रिका कि अनलाइन ?’

मैले आफु काम गर्ने पत्रिका र अनलाइन दुबैको नाम भनेँ । उनी भने अझै पनि मूल धारको पत्रकारितामा आएका रहेनछन् । तर स्नातकोत्तरमा अध्ययन गरेको विषय अन्तर्गत नै काठमाडौंको चार तारे होटलमा जनसम्पर्क अधिकारी (पिआर अफिसर) रहेछन् । सडक छेउको एक चिया पसलमा आधा घण्टा गफिएपछि उनी र म छुट्यौँ । 

म आफ्नो कार्यालयतर्फ लागें र अनलाइनमा प्रकाशन तथा प्रसारण गर्ने समाचार तयारी तथा सम्पादनमा भिडेँ । ती साथी पनि आफ्नो कार्यालय पुगेछन् । अनलाइनमै गफिन आइपुगे । उनले सोधे ‘तिम्रो अनलाइनको एलेक्सा र्याङकिङ कति छ ?’ मैैंले भनेँ, ‘तिमी नै सर्च गरेर हेर न एलेक्सा डट कम मा गएर ।’

उनले केही क्षणमा भने, ‘मेरो अफिसको विज्ञापन तिम्रो अनलाइनमा हालौँ न त भनेर कुरा गर्न लागेको तिम्रो त एलेक्सा नै दुई हजार भन्दा माथि रहेछ ।’ मैले उनलाई एलेक्साको भ्रम र यथार्थ बारे केही यथार्थ कुराहरु बताएँ । उनी मेरो अनलाइनमा होटलको विज्ञापन प्रकाशन तथा प्रसारण गर्न राजी त भए तर उनका म्यानेजर भने ‘एलेक्सा ¥याङकिङ’ धेरै माथि भएकाले गर्दा विज्ञापन दिन राजी भएनछन् । उनका हाकिम मसँग कुरा गर्न चाहेनन् । ती साथीले हाकिमलाई एलेक्साको विषय कत्तिको बुझाउन सके योे उनै जानून् ।

के हो एलेक्सा ?

अनलाइन पोर्टलमा काम गर्ने पत्रकार तथा व्यबस्थापक र बिज्ञापनदाताहरु हिजोआज कुन अनलाइन पोर्टल कत्तिको लोकप्रिय छन् या छैनन् भन्ने जान्नका लागि ‘डब्लूडब्लूडब्लू डट एलेक्सा डट कम’ टाइप गरी त्यहाँ आफ्नो अनलाइनको लिंक राखेर कतिऔँ नम्बरमा छ त्यो चेकजाँच गर्ने गर्छन् । 

यसले विश्वमा कतिऔँ र नेपालमा कतिऔँ स्थानमा उक्त अनलाइन पोर्टल छ त्यसको नतिजा तुरुन्त देखाउँछ । यही एलेक्सा र्याङकिङको आधारमा कुनै पनि अनलाइन राम्रो र लोकप्रिय हो कि होइन भनि बजारमा ब्यापारीहरुले मूल्याङ्कन गर्ने गरेको वर्तमान यथार्थ हो । 

यसरी हुन्छ एलेक्सामा चलखेल

एलेक्सा र्याङकिङकै आधारमा कुनै पनि अनलाइन समाचार साइट लोकप्रिय हो कि होइन भनि पत्ता लगाउनु र त्यसैका आधारमा निर्णय लिनु आजको प्रविधिको युगमा घातक कार्य हो । एलेक्सा र्याङकिङ घटाउनकै लागि र व्यापारीहरुका आँखामा छारो हालेर विज्ञापन प्राप्त गर्नकै लागि अनलाइनका ब्यबस्थापक तथा लगानीकर्ताहरुले डलर खर्चेर समाचारहरु 'बुष्ट' गर्ने गर्दछन् ।

समाचारको मूल पक्ष अर्थात, त्यसले उठान गर्ने विषयबस्तु, सामाग्री, मुद्दा, तथा ‘कन्टेन्ट’ कत्तिको गुणस्तरीय छन् कि छैनन् ? बिश्वसनीय, बस्तुनिष्ठ, सत्य, तथ्य, निस्पक्ष, सन्तुलित तथा ‘आवाज बिहीनको आवाज’ बन्ने सामाग्री छन् कि छैनन् ? भन्ने नै हो । त्यो पाटो हेर्दै नहेरी, नजरअन्दाज गर्दै डलर खर्चेर ‘बुष्ट’ गरिएका ‘कन्टेन्ट’हरु धेरै भन्दा धेरै अनलाइन पाठकहरुकहाँ, फेसबुक प्रयोगकर्ताकहाँ, बिभिन्न ग्रुप र अन्य सामाजिक सञ्जाल प्रयोकर्ताकहाँ पुर्याउँदा केहीले उक्त सामाग्री ‘एक पटक हेरौँ न त’ भन्दै वा झुक्किपुक्कि सो ‘न्यूज लिंक’ मा ‘क्लिक’ गरिदिँदा एलेक्सा र्याङकिङ घट्दै जाने हो ।

यदि सच्चा रुपमा एलेक्सा र्याङकिङलाई नै भरपर्दो र विश्वसनीय बनाउने हो भने सामाग्री ‘बुष्ट’ गरेर जवर्जस्ती ‘पोष्ट रिच हाई’ गराएर विज्ञापनदाताकहाँ ‘म राम्रो हुँ र अरुभन्दा लोकप्रिय हुँ’ भन्ने भ्रम बजारमा छर्न बन्द गर्नुपर्छ ।

‘कन्टेन्ट इज द किङ’
आमसञ्चारका साधनहरुमध्ये छापा अर्थात पत्रपत्रिका, विद्युती अर्थात रेडियो, टिभी, र अनलाइनहरु कुन कत्तिको मात्रामा लोकप्रिय छन् भन्ने जाँच्न र जान्नका लागि श्रोता, दर्शक तथा पाठक सर्भेक्षणको अवश्कता पर्छ ।

आम सञ्चारमाध्यमहरुमा प्रयोग हुने ‘कन्टेन्ट’ हरु नै तिनका ढुकढुकी हुन् । ती सञ्चारमाध्यममध्ये कतिपयका सामाग्रीहरु पाठक, दर्शक तथा श्रोताका बिचमा त्यत्तिकै बिलाएर जान्छन् भने कतिपय पत्रपत्रिका, रेडियो, टिभी, र अनलाइनमा प्रकाशित, प्रसारित सामाग्री निकै प्रभावकारी, लोकप्रिय र कालजयी बनेर दिल दिमागमा बसिरहन्छन् । त्यसैले ‘बुस्ट’ गरेर जवर्जस्ती 'एलेक्सा'लाई जितेका अनलाइनहरु पाठकको मन, मस्तिष्क र दिमाग भने जित्न सकिरहेका हुँदैनन् । त्यसैले त भनिन्छ, ‘कन्टेन्ट इज किङ ।’

समाचारमा ‘बुर्जुवा वर्ग’

महान् दार्शनिक कार्ल माक्र्सले भनेका छन् कि ठुला मिडिया गृहमा लगानी गर्नेहरु धनि वर्गका मानिसहरु हुन्छन् । उनीहरु आफ्नो 'एजेण्डा' स्थापित गर्न, गल्ती, कमि, कमजोरीहरु ढाक्नका लागि मिडियामा लगानी गर्छन । माक्र्सको भनाई अनुसार गरिव त्यही मजदूर बर्गको हुन्छ जो बिहान-बेलुकी छाक टार्नका लागि संघर्ष गर्नै व्यस्त हुन्छ । उसलाई मिडियामा लगानी गर्ने पुँजि हुँदैन । त्यसैले मजदूर, गरिव, दुःखि र पिडितका आवाजले मिडियामा उचित स्थान नै पाउँदैनन् । 

वर्तमान अवस्थाको कान्छो अर्थात, ‘न्यू मिडिया’ भनेर चिनिएको अनलाइन मिडियामा पनि त्यस्तै पुँजिपति वर्गकै हालिमुहाली छ । त्यस्ता ठूला धनराशि खर्च गरेर स्थापना गरिएका अनलाइनहरुमा गुणस्तरीय सामाग्री, समाचार, तथा ‘न्युज कन्टेन्ट’ नभएता पनि उनीहरु नैं एलेक्सामा अग्र पंक्तिमा छन् । किनकी उनीहरुले उठान गरेका सामाग्री र मुद्दाहरु राम्रा र लोकप्रिय नभएपनि उनीहरु महंगो रकम खर्चेर ‘बुस्टिङ’ गरेकैले गर्दा एलेक्साको अग्रस्थान कब्जा गर्न सफल भएका छन् ।

पुँजिको अभावका कारण थोरै लगानीमा सञ्चालन भएका कतिपय अनलाइन मिडियाहरुले भने हर हमेशा राम्रा र गुणस्तरीय ‘कन्टेन्ट’ पस्किए पनि ‘बुस्ट’ गर्ने रकमको अभावमा एलेक्साको अग्रपंक्तिबाट ओझेलमा पर्न बाध्य भएका छन् ।

पत्रकारिता र प्राविधिक पक्ष बराबर

अनलाइन पत्रकारिता आधा पत्रकारिता हो भने आधा चाहिँ प्राविधिक पाटो हो । अनलाइनमा समाचार लेख्ने र सम्पादन गर्ने मात्र नभई फोटो, तस्बिर, कार्टुन, ग्राफिक्स, भिडियो, अडियो सबै पक्षको समिश्रण भएको जनशक्ति आवश्यकता पर्छ । 

अनलाइन पत्रकारितामा आजकल एकै व्यक्तिले यी सबै पक्षको ज्ञान र सीप जानेको, बुझेको र हासिल गरेको जनशक्तिको माग  हुने गरेको छ । समाचार सामाग्री 'पोष्ट' गर्नेदेखि विज्ञापन डिजानइ गर्न जानेको एकै ब्यक्ति भयो भने त झन 'सुनमा सुगन्ध' नै भइहाल्यो । 

अनलाइन पत्रकारिताका लागि कम्प्युटरमा नेपाली तथा अंग्रेजी भाषामा टाइप गर्न जान्ने जनशक्ति त आधारभूत आवश्यकता नै हो । समयबद्ध साप्ताहिकबाट