मोदी–योगी राजमा संस्कृत पढाउन बाहुन मात्रै चाहिने माग राखी प्रदर्शन 

मोदी–योगी राजमा संस्कृत पढाउन बाहुन मात्रै चाहिने माग राखी प्रदर्शन 

काठमाडौ । बनारसको हिन्दु विश्वविद्यालयको संस्कृत विद्या धर्म विज्ञान विभागको सहप्राध्यापक पदमा ११ दिन अघि नियुक्ति लिएका व्यक्ति मुसलमान भएकाले लुकि लुकि हिड्नु परेको छ । संस्कृतमा विद्यावारिधि गरेका फिरोज खानलाई नियुक्ति लिएयता मोबाइल फोनको स्विच अफ गरी लुकि लुकि हिडनु परेको छ ।

विश्व हिन्दु परिषद्का उपकुलपतिको आवास अगाडि फिरोजको नियुक्तिको विरोधमा हवन कुण्ड बनाइ संस्कृत विद्या धर्म विज्ञान विभागका २० जना विद्यार्थीहरूले विरोध प्रदर्शन गरिरहेका छन् । यो विरोध प्रदर्शन खानलाई सहप्राध्यापक पदमा दिइएको नियुक्तिका कारण मात्र भइरहेको छ । संस्कृतिमा विद्यावारिधि गरेका खानको विद्ववता नहेरी उनको जात मुसलमानलाई हेरी विरोध प्रदर्शन गरिएको छ । 

नोभेम्बर ७ देखि कुनै कक्षा सञ्चालन भएका छैन । जीवनभर संस्कृत सिकेका खानलाई कहिल्यै आफू  मुसलमान भएको कहिल्यै अनुभव भएन तर जब विद्यावारिधि गरी विश्वविद्यालयमा पढाउन जाँदा त्यस्तो अनुभव हुन थालेको उनले दुखेसो पोखेका छन् ।

उनले शास्त्री, शिक्षा शास्त्री, आचार्य र  जयपुरको राष्ट्रिय संस्कृत संस्थानबाट विद्यावारिधिको उपाधि सन् २०१८मा लिएका थिए ।त्यतिमात्रै होइन उनले नेट र जेआारएफ पनि पास गरेका छन् ।
मिडियासँगको कुरोकानीमा खानले जयपुरबाट ३० किलोमिटर टाढा बाग्रुको आफ्नो टोलमा कक्षा २देखि संस्कृत सिक्न थालेको बताए ।

त्यहाँ ३० प्रतिशत मुसलमानको बसाइ छ । सत्य के पनि हो भने जतिको म संस्कृत साहित्य बुझेको छु त्यसको तुलनामा कुरान बुझ्दिन् । प्रभावशाली हिन्दुहरूले मेरो संस्कृतको ज्ञानबारे प्रंशसा गर्ने गरेका छन् । खानका पिता रमजान खन पनि संस्कृतमा स्नात्तक हुन् ।

तर सत्ताधारी भारतीय जनता पार्टी र राष्ट्रिय स्वयं सेवक संघ आबद्ध विद्यार्थी संगठन एबीभीपीका सदस्य रहेका कृष्ण कुमार,शशिकान्त मिश्र, शुभम तिवारी र चक्रपाणि ओझाहरूले खानको नियुक्तिको विरोधमा प्रदर्शन गरेका छन् ।

संस्कृत साहित्य पढाउने काम धर्मसँग सम्बन्धित नभएको विषय हिन्दु विश्व विद्यालयका प्रशासनले विद्यार्थीहरूलाई बुझाउन सकिरहेको छैन् । हिन्दु ब्राह्मणहरूको यो व्यवहारबाट सहप्राध्यापक खान साह्रै दुखी भएका छन् ।

तर अन्य संकायका सदस्यहरूले खानको विद्ववताको सम्मान गर्दै उनको पक्ष्ँमा उभिएका छन् । प्राचीन साहित्य,संस्कृति र पुरातत्व विषयका प्राफेसर महेश प्रसाद अहिरवारले विश्वविद्यालयको सम्बन्ध कुनै जात र धर्मसँग नहुने गरेको बताए । क्षमता हुनेहरूले हिन्दु विश्वविद्यालयमा पढाउन पाउने अधिकार राख्छन् जसले विरोध गरेका छन् उनलाई दण्डित गर्नुपर्छ ।