आर्क्टिक महासागर २५ वर्ष पछि हिउँ मुक्त हुने चिन्ता

आर्क्टिक महासागर २५ वर्ष पछि हिउँ मुक्त हुने चिन्ता

काठमाडौ । मानिसहरूको गतिविधिले भइरहेको जलवायु परिवर्तन यस्तै रहे हिउँले भरिएको आर्क्टिक महासागरको हरेक भाग अबको २५ वर्ष पछि प्रत्येक वर्ष हिउँ मुक्त हुन शुरू गर्ने भएको छ ।

अमेरिकाको युनिभर्सिर्टी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययनबाट यस्तो तथ्य फेला परेको हो । मानिसहरूले पृथ्वीमा गरिरहेको गतिविधिका कारण पृथ्वीको जलवायु परिवर्तन अप्राकृतिकरूपले परिवर्तन भइरहेको छ । पृथ्वीमा हिउँहिउँले भरिएको एक ठूलो हिस्सा भनेको आर्क्टिक महासागर हो । हरेक वर्ष जाडोको मौसममा आर्क्टिकको घेरा विस्तार हुन्छ र हरेक वर्ष गर्मीको मौसममा यहाँको हिउँको घेरा खुम्चिने गरेको पाइएको छ ।

अन्तरिक्षमा रहेको भूउपग्रह( स्याटेलाइट)ले सन् १९७९देखि यस क्षेत्रको पर्यवेक्षण गरिरहेको छ ।सेप्टेम्बर महिनामा आक्र्टिकको सामुद्रिक हिउको परिमाण पानी जम्न अघि कम सामुद्रिक हिउँ हुन्छ । यो परिमाण हरेक दशकमा १३ प्रतिशतले कम भइआएको अनुसन्धानकर्ताहरूले जनानएका छन् ।

आर्क्टिक महासागरको सामुद्रिक हिउँको भविष्यका बारेमा केही दशकदेखि चिन्ता व्यक्ति गरिरहेका छन् । विश्वको जलवायु परिवर्तनका कारणले जलवायु परिवर्तनको प्रणालीमा भइरहेको प्रभावको बारेमा अध्ययन गरी उनीहरूले यस्तो चिन्ता व्यक्त गर्दै आएका हुन् । वायुमण्डलमा कार्बन अक्साइडको प्रवेश भएपछि यसले गर्ने प्रतिक्रियाको अध्ययन गरिन्छ । 

नेचर क्लाइमेट चेन्जमा प्रकाशित भएको अध्ययन अनुसार सेप्टेम्बरमा हिउँ कसरी मुक्त हुन्छ त्यसको नयाँ भर्सन दर्शाउँछ । कतिपयले यो प्रक्रिया सन् २०२६देखि शुरू हुन्छ भने कतिपयले २१३२बाट यो प्रक्रिया शुरू हुनेछ ।
यो अध्ययनका अगुवा चाड ठाकरेले समुद्रका हिम पूर्णरूपमा पग्लिने प्रक्रिया पूरा भएपछि समुद्राको पानीको सतहलाई खुलाउने बताए  । अहिले जुन सतह कालो छ त्यसले बढी भन्दा बढी सूर्यको प्रकाशलाई सोस्छ । यो प्रकाश सोस्ने प्रक्रिया अघिको भन्दा धेरै बढी हुनेछ ।

सतहमा हुने परिवर्तनले स्थानी वातावरणको गर्मीलाई धेरै बढाउनेछ । यसले थप हिउँलाई पगाल्नेछ ।यो चक्रले आर्क्टिक क्षेत्रलाई बाँकी विश्वको भन्दा दोब्बर गतिमा तातो बनाउने अनुसन्धानकर्ताहरूको भनाइ छ ।
१९८०देखि २०१५सम्मको स्याटेलाइट दर्शाएको मौसमी सामुद्रिक हिउ पगलिने प्रक्रियाको अध्ययन गरिएको छ ।

आर्क्टिक सागरका हिउँ पृथ्वीको प्रणालीको लागि महत्वपूर्ण तत्व हो । जसले पृथ्वीलाई सापेक्षिकरूपमा चिसो पारेर राख्छ ।अन्य वातावरणीय गतिविधि र आर्थिक क्रियाकलापले हिउँलाई पगालिरहेको छ ।
पृथ्वीको पर्यावरणीय चक्रका लागि हिमसागरको उपस्थिति महत्वपूर्ण छ ।