‘संसारको कुनै तागतले नेकपालाई हराउन सक्दैन’

 ‘संसारको कुनै तागतले नेकपालाई हराउन सक्दैन’

पोखरा २ मंसिर । नेकपाको बलियो पकड वडाका रुपमा चिनिने पोखरा १७ का मतदाताहरुले उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई भव्य स्वागत गरेका छन् । 
सोमबार विहानै दोविल्लाबाट घरदैलो अभियान सुरु गरेकी विद्यालाई स्वागत गरेका हुन् । 

घरदैलो सुरु हुनुअघि दोविल्लामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा कास्की अध्यक्ष एवं वडा नं १७ का चुनावी कमाण्डर कृष्ण थापाले संसारको कुनैपनि तागतले कास्की २ को निर्वाचनमा नेकपालाई हराउन नसक्ने विश्वास व्यक्त गरे । आफ्नो ठाउँमा पराजित भएका व्यक्तिहरु कास्कीमा आएर नेकपा विरुद्ध बोल्नु लाजमर्दो विषय भएको भन्दै अध्यक्ष थापाले अत्यधिक बहुमत सहित विद्याको जीत सुुनिश्चित भएकोे बताए । 
सो अवसरमा बोल्दै उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखरा १७ पर्यटकीय र धार्मिक हिसावले उत्कृष्ठ रहेको भन्दै उक्त वडा सहित समग्र पोखरामा आवस्यक विकासको जिम्मा आँफूले लिने उद्घोष गरिन् । “यहाँ थुप्रै पर्यटकीय स्थलहरु छन् त्यसको विकासका लागि म जिम्मेवार भएर अघि बढ्छु ” उनले भनिन् । 

नेकपाको पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेलले वडामा रहेका ८० प्रतिशत मत नेकपाको सूर्य चिन्हमै आउने दावी गरे ।
दोविल्ला हुँदै सीतापाईलास्थित समृद्धि टोल, महतगौँडा, रातोपैह«ा, घारीपाटन लगायतका क्षेत्रमा सोमबार नै घरदैलो कार्यक्रम भईरहेको छ ।

यता पोखराको कृष्ति नाच्नेचौरमा भविष्यनिर्माण बुथको कार्यालय उद्घाटन गरिएको छ । सोमबार आयोजित कार्यक्रममा यूवा नेता झपट रानाभाट र श्रीराम सुवेदीले संयुक्तरुपमा कार्यालय उद्घाटन गरेका हुन् । भगवान रामचन्द्रको अयोध्याजस्तै नेकपाको लालकिल्ला भएको ठाउँमा बुथ कार्यालय स्थापना गरिएको रानाभाटले बताए ।