चीनको घेरामा पर्दै भारत

चीनको घेरामा पर्दै भारत

काठमाडौ  श्रीलंकाको राष्ट्रपति पदमा प्रतिपक्षी दलका नेता गोतबाया राजपाक्षाले मतगणनाबाट विजयी घोषित भएयता चीन भारतको घेरामा पर्दै गएको देखिएको विश्लेषकहरूले बताउन थालेका छन् ।

श्रीलंकाको अल्पसंख्यक तमिल विद्रोहीको विद्रोहका बेला चर्किएको गृहयुद्धका क्रममा विवादित रक्षा सचिव रहेका गोतबायाले राष्ट्रपति चुनावमा जित हासिल गरेपछि यो टिप्पणी बढ्न थालेको देखिएको हो । उनले सत्तारूढ पार्टीका  उम्मेदवगार सजिथ प्रेमदासालाई १३लाख भन्दा बढी मत अन्तरले पराजित गरेका हुन् ।

उनको यो जितसँगै राजपाक्षा परिवारलाई फेरि श्रीलंकाको राजनीतिमा प्रभावशाली बनाएको देखिएको छ । आधिकारिक मत परिणामका आधारमा राजपाक्षाले ५२.२५ प्रतिशत ९,२४,२५५ मत प्राप्त गरेका छन् भने प्रेमदासालाई ४१.९९ ५५६४२३९ मत प्राप्त भएको छ । अन्य उम्मेदवारहरूलाई ५.७६ प्रतिशत मत प्राप्त भएको हो ।

जितको परिणाम पछि राजपाक्षाले आफ्ना समर्थकहरूलाई शान्तिपूर्ण रूपमा जितको प्रदर्शन गर्न आग्रह गरेका थिए । सत्ताधारी उम्मेदवार प्रेमदासाले निर्वाचन आयोगको औपचारिक परिणाम सार्वजनिक हुन अघि पराजय स्वीकार गरी गोटबायालाई बधाई तथा शुभकामना दिएका थिए । साथै उनले नेतृत्व गरेको युनाइटेड नेशनल पार्टीको उपनेताको पदबाट राजीनामा दिए ।

प्रेमदासाले जनताको  निर्णय सम्मान गर्न  श्रीलंकाका सातौं राष्ट्रपतिको रूपमा निर्वाचनबाट चुनिएका गोतबाया राजपाक्षालाई बधाई दिनु मेरालागि सौभाग्यको कुरो भएको  जनाएका थिए । श्रीलंकामा सम्पन्न भएको यो चुनाव हुन सात महिना अघि आत्मघाती बम  आक्रमण गरिएको थियो । त्यसमा २६९ जनाको ज्यान गएको थियो ।

यसबाट त्यहाँको पर्यटन उद्योगलाई ठूलो क्षति भएको थियो । यो मामिलामा देशको सुरक्षा व्यवस्थाबारे प्रश्न खडा गरेको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन परिणाम आएलगत्तै श्रीलंकाको राष्ट्रपति पदमा जित हासिल गरेका  गोतबायालाई बधाई दिए । मोदी ट्विट गरी उनलाई बधाई दिएका थिए । 

तमिल विद्रोहीको सशस्त्र संघर्षले निम्त्याएको गृहयुद्धलाई समाप्त पार्न उनले गरेको भूमिकाको कतिपयले राम्रो मानेका छन् भने कतिपयले मानवअधिकार विरोधी हर्कत गरेको भनी आरोप लगाउने गरेका छन् । १० वर्ष पहिले दाजु राष्ट्रपति महिन्द राजपाक्षाका बेला तमिल पृथक्कतावादी सैन्य आक्रमणको निगरानी गरी द्विप सुरक्षित गर्ने गोतबायाले बलियो नेतृत्व दिने वाचा गरेका छन् ।

उनले देशलाई आर्थिक मन्दीबाट बाहिर निकाल्ने वाचा गरेका छन् । तमिल राजनीतिक दल राजपाक्षाका प्रखर विरोधी  छन् ।  तीन दशक लामो गृह युद्ध समाप्त पार्ने विवादित  युद्ध नायकको रूपमा मानिएका गोतबायाले मानवअधिकारको चरम उल्लंघन गरी तमिल व्रिदोहीलाई  सैनिक कारबाही गरी समाप्त पारेको आरोप लाग्ने गरेको छ । बहुसंख्यक सिंहली जातिका बौद्धमागीहरूका लागि युद्ध नायक हुन् । 

१९८०मा भारतको पूर्वोत्तर स्थित ‘काउन्टर इमरजेन्सी एन्ड जंगल वारफेयर स्कूल’मा  प्रशिक्षण लिएका दाजु महिन्दा राजपाक्षाकोे राष्ट्रपतिय कार्यकाल२००५देखि २०१४सम्म  रक्षा सचिवको जिम्मेवारीमा रहेका थिए ।
१९८३मा मद्रास विश्वविद्यालयबाट रक्षा अध्ययन स्नातकोत्तर गरेका गोतबाया २०१२देखि २०१३मा रक्षा सचिवको रूपमा भारतको भ्रमण गरेका थिए ।

उनले निर्वाचनको उम्मेदवार घोषित भएपछि आफूले चुनाव जितेमा पुरानो सरकारले संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् समक्ष व्यक्त प्रतिबद्धता वा मेलमिलापको सम्मान नगर्ने जनाएका थिए । सेप्टेम्बर २०१५मा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको तर्फबाट पारित प्रस्तावमा ४७ सदस्यीय परिषदमा भारत सहित २५देशले समर्थन गरेका थिए । यो प्रस्ताव श्रीलंकाको सह प्रायोजनमा प्रस्तुत गरिएको थियो ।

गोतबायामाथि उनको रेखदेखमा नागरिक र विद्रोही तमिललाई यातना दिएर राजनीतिक हत्या गरेको आरोप लगाइएको छ । चीनले श्रीलंकाको आधारभूत परियोजनामा ब्यापक लगानी उनका भाइ महिन्दा राजपाक्षा राष्ट्रपति भएका बेला गरेको थियो । यस अधारमा गोतबायालाई चिनियाँ झुकाव राख्ने नेताको रूपमा मानिन्छ । चिनियाँ झुकाव राख्ने नेताको रूपमा राष्ट्रपतिमा गोतबायाको यो जीतलाई भारतलाई घेरामा पार्ने रणनीति सफल भएकोमा कतिपयको बुझाइ रहेको छ ।