एउटी आमाको बिलौनाः ‘छोरा साउदी जेलमै सड्ने भयो व्लड मनी जुटाउन सहयोग गरिदिनुहोस’

एउटी आमाको बिलौनाः ‘छोरा साउदी जेलमै सड्ने भयो व्लड मनी जुटाउन सहयोग गरिदिनुहोस’

काठमाडौं, १ मंसिर । रुदाँ रुदाँ आँशु नओभाएको आँखा, बूढो र थकित शरिर, रक्तचापको विरामी, विल्कुलै नौलो लाग्ने शहर, छोरीको सहारामा मेनपावरको बाहिर बसेर ७५ वर्षीय आमा छोरालाई नेपाल फिर्ता ल्याउन प्रयासरत छिन् ।

आमा बुवालाई सुख दिने छोरालाई राम्रो विद्यालयमा पढउने र लागेको ऋण तिर्ने भन्दै २०६७ सालमा कतार गएका राजकुमार निउरे कम्पनीले भने जस्तो तलव नदिएपछि ८ महिना पछि नेपाल फर्किए । आर्थिक अवस्था एकदमै नाजुक भएको कारणले उनले नेपालमा बसेर केही गर्ने आँट नै गर्न सकेन्न । एकातिर पहिले विदेश जाँदाको ऋण, अर्को तपर्m जेठो छोराको कर्तव्य, अन्ततः उनी फेरि विदेशिन बाध्य भए । 
म्याग्दी जिल्ला दरबाङ गा.वि.स. वडा नं ९ स्थायी घर भएका दतिलाल निउरेका छोरा राजकुमार निउरे धेरै आशा, सपना, ईच्छा र आंकाक्ष पुरा गर्ने अभिलाषा बोकेर पुनः विदेश जान काठमाडौं आए ।

काठमाडौंको हात्तीगौडा स्थित गल्पm म्यानपावरलाई  १ लाख २० हजार बुझाएर २०६८ साल जेठको २९ गते उनी साउदी अरबतर्फ उडे । हिड्ने बेला आमालाई अब हामीलाई दुःख हुँदैन, आमालाई सुख सँग राख्छु भन्दै साउदी गएका निउरेलाई भने दुःखले कहिल्यै छाडेन । त्यहाँ गएपछि पनि कम्पनीले भने जस्तो तलब नदिएपछि परिवारको दुःख सम्झेर धेरै पैसा कमाउने अभिलाषामा केही साथीहरुको कुरा सुनेर अवैधानिक रुपमा काम गर्न थाले ।
दुःखीलाई भग्वानले पनि दुःख मात्र दिन्छन् भनेझै अवैधानिक रुपमा काम गर्न थालेपछि उनीमाथि दुःखको पहाड नै आयो । एकदिन काम सकेर कोठा फकिर्दै थिए, बाटोमा दुई जना साथीको झगडा भइरहेको देखे । छुट्याउन जाउँ कि नजाउँ भन्दै दोधारे मन बनाएर उनी हिडे । अलि पर पुगेपछि आफ्नै नेपाली साथी रहेको पत्तो पाएर उनी छुट्याउन गए । उक्त झगडामा एक जनाको घटनास्थलमा नै ज्यान गयो भने अर्का एक जनालाई अस्पताल भर्ना गरियो ।

लेटाङ ३ मोरङ स्थायी घर भएका कमल वस्तीको उपचारको क्रममा २ दिनपछि  निधन भयो । उनको निधनसँगै राजकुमारलाई बज्रपात आइलाग्यो । ज्यान जोगाएर अस्पतालसम्म पुर्याउने उनीमाथि नै कमललाई मारेको झुटो आरोप लाग्यो । त्यो विरानो सहरमा आफु निर्दोष छु भनेर रोई कराइ गर्दा पनि सुनिदिने कोही पनि भएन । अन्ततः उनलाई ५ वर्ष जेल सजाय र ३० लाख क्षतिपुर्तिको माग गरेर जेल चलान गरियो । 

यस्तो खबर सुनेपछि, छोरा विदेशमा कमाउन गएको छ हामीलाई सुखसँग राख्छ भन्दै बसेकी आमाको रक्तचाप एकाएक बढ्यो । पोखराको अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आयो । १५ दिनको उपचार पछि उनी घर त गइन् तर छोराले खायो कि खाएन, कसैले यातना दियो कि, त्यो विरानो ठाँउमा भोकभोकै पो मर्ने हो कि भन्द ै उनी चिन्तित् हुन थालिन् । ५ वर्षदेखि उनकोे अवस्था यस्तै छ ।  

ऋण खोजेर छोरालाई साउदी पठाएका राजकुमारको परिवारसँग ‘ब्लड मनी’ बुझाउने जायजेथा र क्षमता छैन । साउदी अदालतले फैसला सुनाएको पनि पाँच वर्ष कटिसक्यो । उनले जेल सजाय त भोगे तर अब नेपालमा रहेका कमलको परिवारलाई ‘ब्लड मनी’को पैसा नबुझाएसम्म  उनी नेपाल आउन पाउँदैन्न ।

तीन वर्षदेखि दिदी पुनम केसी र भिनाजु तम बहादुर केसी भाइलाई नेपाल फर्काउन सहयोग जुटाउन लागपिरेका छन् । तर पनि गरिबलाई कस्ले साथ दिन्छ र ? भने जस्तै तीन वर्ष काठमाडौंमा भौतारिए, तर केही गर्न सकेन्न । अहिले काठमाडौंमा रहेर छोरालाई नेपाल ल्याउन पहल गरिरहेकी आमा हरिमाया निउरे र दिदी पुनमको आँखाबाट आँसुको भेल रोकिएको छैन ।

आमा हरिमाया छोराको खबरले विक्षिप्त बनेकी छिन् । मानसिक तनावका कारण उनी बारम्बार बिरामी भइरहन्छिन् । उनी छोरा प्रदेशमा नै मर्ने भयो नेपाल ल्याउनु प¥यो भन्दै सबैसँग सहयोगको याचना गरिरहेकी छिन् ।
‘जेलमा नआत्तिकन बस, जसरी पनि तेरो उद्धार गर्छु’ भनेर छोरालाई सम्झाए पनि निउरे  परिवार आफैँ रुनु न हाँस्नुको अवस्थामा छ । 

छोरी पुनम भन्छिन, ‘आमा छोराको प्रसंग आउनासाथ बिलौना गर्न थाल्नुहुन्छ । उहाँको स्वास्थ्य अवस्था हेरेर हामी दुःख लुकाउने प्रयास गछौं तर हामीलाई साथ दिने कोही नभएकाले आमालाई नै सहयोग जुटाउन काठमाडौं ल्याएका हौं ।  तर पनि छोराको पिरले आमा बिरामी पर्नुभएको छ, हामीले सम्झाउनै सकेका छैनौँ ।’

६ महिनाको छोरा बोकेर आफ्नो भाई बचाउन सहयोग अभियानमा जुटेकी दिदीको दर्दानाक कहानी पनि कम छैन । एकातिर राजकुमारलाई अहिले १७ लाख रुपैयाँ ऋण छ भने अर्कोतर्फ ‘व्लड मनी’ मापर्mत २० लाख कमलको परिवारलाई बुझाउनु पर्ने बाध्यता ।

कमलको परिवारले सुरुमा ३० लाख ‘व्लड मनी’ मागेको भएता पनि राजकुमार निर्दोष रहेको थाहा पाएपछि २० लाखको माग गरेका छन् । उनलाई सहयोग गर्न ९८६७६४१३१२, ९८४७९४८२५३ (पुनम केसी) ९८४९९९२१७० योगेन्द्र न्यौपानेलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।