भारतका नम्बर १ धनीका भाई अनिल अम्बानी टाटपल्टिदै

भारतका नम्बर १ धनीका भाई अनिल अम्बानी टाटपल्टिदै

काठमाडौ । भारतका १ नम्बर अर्बपति मुकेश अम्बानीका भाई अनिल अम्बानीले रियलाइन्स कम्युनिकेशन(आरकम)को निर्देशक पदबाट राजीनामा दिएका छन् ।

कम्पनीले आफ्नो नियमनकारी फाइलिङमा यो जानकारी खुलाएको छ । अम्बानीसँगै छाया विरानी, रायना करानी, मञ्जरी कक्कड र सुरेश रङ्गचरले पनि निर्देशक पदबाट राजीनामा दिएका छन् ।

यसअघि मणिकान्त भीले गत महिना सीएफओ पदबाट राजीनामा दिएका थिए । यी सबै को राजीनामा पछि कम्पनीलाई लगानीकर्ताहरूको समति ‘कमिटी अफ क्रेडिटर्स’को सम्मुख राखिने छ ।

जुलाई–सेप्टेम्बरको त्रैमासिक विवरणमा कम्पनीलाई ३ खर्ब १ अर्ब४२ करोडको घाटा भएको थियो ।

यो जानकारी शुक्रबार सार्वजनिक भएको थियो । यो कुनै भारतीय कम्पनीको दोस्रो ठूलो त्रैमासिक घाटा रहेको छ ।