यी हुन् राजीनामा स्वीकृत भएका प्रधानमन्त्री सचिवालयका ६ जना सल्लाहकार 

यी हुन् राजीनामा स्वीकृत भएका प्रधानमन्त्री सचिवालयका ६ जना सल्लाहकार 

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्रीको सचिवालयमा प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई  यथावत रहेका छन्।  बालुवाटार स्रोतका अनुसार उनीहरुको  राजीनामा स्वीकृत भएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सचिवालय पूरै हेरफेर गर्ने बताएका थिए। सोही अनुसार सचिवालयका सबैले सामूहिक राजीनामा दिएका थिए। 

राजीनामा स्वीकृत हुनेहरुमा प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र  कम्प्युटर अपरेटर उदय पोखरेलको रहेका छन् ।

मंसीर १ गतेदेखि लागू हुनेगरी उनीहरुलाई बिदा दिइएको बुझिएको छ।