बंगलादेशका राष्ट्रपति अब्दुल हमिल आज स्वदेश फर्किदै

 बंगलादेशका राष्ट्रपति अब्दुल हमिल आज स्वदेश फर्किदै

काठमाडौं, २९ कात्तिक । चार दिने नेपालको भ्रमण सकेर बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आज स्वदेश फर्किँदैछन् ।

मंगलबार काठमाडौं आएका हमिद आज स्वदेश फर्किनुअघि चन्द्रागिरी र पाटन दरवारस्क्वायरको भ्रमण गर्ने कार्यतालिका भएपनि उनी अस्व्स्थ भएको भन्दै चन्द्रागिरीको भ्रमण रद्ध गरेको जनाइएको छ । 

बिहीबार पोखरा घुम्न गएका उनी बुधबार उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहे । राष्ट्रपति हमिदले नेपाल आएकै दिन मंगलबार भक्तपुर दरवार क्षेत्रको अवलोकन गरेका थिए ।

नेपाल राष्ट्रपतिको निमन्त्रणामा आएका हमिद आज साँझ पाँच बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारी विदाई गर्न विमानस्थल जाने कार्यक्रम छ । बंगलादेशीी समकक्षीको स्वागतका लागि पनि राष्ट्रपति भण्डारी विमानस्थल पुगेकी थिइन् ।