ग्रह नवौंको रहस्य खोज्न अझै बाँकी 

ग्रह नवौंको रहस्य खोज्न अझै बाँकी 

काठमाडौ । पुरेत बाजेले यजमानका आगाडि नवौं ग्रहका बारेमा भन्नु पर्दैन् श्लोकको भाकामा बोले पुग्ने गर्छ ।

तर खगोलविद्ले कुनै आकाशीय पिण्ड देखा परेपछि त्यसबारे जान्ने जिज्ञासा उफ्रिन थाल्छ । यस्तै खगोल वैज्ञानिकहरूबीच ग्रह नवौं (प्लानेट नाइन)बारेको जिज्ञासा बढाएको पाइएको छ । 

पृथ्वी रहेको सौर्य परिवारमा प्लानेट नाइन नाम दिइएको यो आकाशीय पिण्डका बारेमा धेरै जानकारी प्राप्त हुन बाँकी रहेको छ । जल वा समुद्र देवताको नाममा रहेको सौर्य परिवारको ग्रह नेप्चुन भन्दा टाढा रहेको प्लानेट नाइन पृथ्वीको पिण्डको भन्दा ५ गुना  रहेको विश्वास छ ।

यो ठूलो पिण्ड वास्तवमा के हो ? वा यो पिण्डको निर्माण कुन तत्वबाट बनेको छ र यहाँ कुन तत्वको बहुलता छ  जस्ता विषयमा जानकारी प्राप्त गर्न बाँकी रहेको छ ।

अनुसन्धानकर्ताहरूले प्राप्त गरेका डेटाहरूको विश्लेषण गरी यसको नतिजा प्राप्त गर्न बाँकी रहेको छ ।

कतिपयका अनुसार प्लानेट नाइनको डेटाहरूको अध्ययनका लागि सुपरकम्प्युटरको आवश्यकता रहेको छ ।