बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाएका हुन् । 

भारतको तीन दिने भ्रमणमा रहनुभएका राजकुमार चाल्र्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाएका हुन् । 

जन्मोत्सव समारोहमा उनले सामान्य केक काटेका थिए भने २० भन्दा बढी विद्यार्थीले उनलाई घेरेका थिए ।  

जन्मोत्सव समारोहमा सहभागी विद्यार्थीहरुले ताली बजाउदै राजकुमार चार्सलाई दीर्घ जीवनको शुभकामना व्यक्त गरेका थिए ।

भारतको दशौँ औपचारिक भ्रमणका क्रममा उनले राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्नुका साथै गुरुद्धारा बङ्गला साहिब र भारतीय मौसम विज्ञान विभागको भ्रमण गरेका थिए ।