भारतले कालापानी लिएका बेला सीले मोदीलाई चीन आउन भने

भारतले कालापानी लिएका बेला सीले मोदीलाई चीन आउन भने

काठमाडौ । कालापानी आफ्नो भएको नक्शा सार्वजनिक गरी कब्जा गर्न खोजेको भन्दै नेपालमा भारत विरोधी लहर बढिरहेका बेला चीनका राष्ट्रपति सी चिनफिङले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नयाँ वर्षमा चीनको भ्रमण गर्न फेरि आग्रह गरेका छन् ।

 उत्तर पश्चिम प्रान्त जम्मु काश्मिरको विशेष दर्जा दिलाउने संविधनको धारा ३७० खारेज गरेकोमा जम्मु काश्मिरमा र उत्तरी छिमेकी देश नेपालमा भारत विरोधी आवाज उठिरहेका बेला सीले मोदीलाई बोलाएका हुन् ।

जम्मु काश्मिर र नेपाल दुबैको सीमा चीनसँग पनि जोडिएको छ । चीन ,नेपाल र भारतको त्रिपक्षी बिन्दुमा रहेको नेपालको कालापानीलाई आफ्नो नक्शामा  पारेपछि भारत विरोधी नारा लागिरहेका छन् । जम्मु काश्मिरका बारेमा भारतमै विरोधका स्वर मत्थर भनरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सीले मोदीलाई नयाँ वर्ष २०२०मा चीनको भ्रमणमा आउन भनेका हुन् ।

नेपालको राजकीय भ्रमणमा आउन अघि चिनियाँ राष्ट्रपति सीेले भारतको अनौपचारिक शिखर सम्मेलनका क्रममा भारतका  प्रधानमन्त्री मोदीलाई समुद्रकिनारमा भेटेका थिए । सन् २०१८मा चीनको उहानमा भएको पहिलो अनौपचारिक भ्रमण पछि यो वर्ष भारतमा दोस्रो अनौपचारिक भ्रमण भएको थियो ।

दुई देशबीचको सम्बन्धलाई गहिरो पार्न र तनाव कम गर्न यी अनौचापरिक भ्रमण भइरहेका दुबै देशका अधिकारीहरूले जनाउने गरेका छन् ।

ब्राजिलम भएको ब्रिक्स सम्मेलनको अवसरमा सी र मोदीले भेटवार्ता गरेका थिए । त्यसक्रममा मोदीलाई नयाँ वर्षमा चीन आउन फेरि निम्तो गरिएको चिनियाँ विदेशमन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०२०मा हुने भेटबाट चीन र भारतको सम्बन्ध नयाँ उचाइँमा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

मोदी र सीको भेटले नेपाली भूमिमाथिको स्वामित्व संकटमा परेको देखिएको छ । नेपाली भूमि लिपुलेकलाई सी र मोदीले दुई देशबीचको व्यापार सम्झौतामा सीमा बिन्दु बनाउँदा नेपाललाई थाहा नदिएर त्यसमाथिको स्वामित्वलाई अनदेखा गरेको देखिएको हो । 

यो भेटबाट पनि नेपालले कुटनीतिक पहललाई अगाडि बढाउने प्रयास गर्नुपर्ने कुटनीतिक विज्ञहरूको बुझाइ छ ।