सुदुर पूर्व रूसको विधार्थीले गोली चलाउँदा एक मारिए

सुदुर पूर्व रूसको विधार्थीले गोली चलाउँदा एक मारिए

काठमाडौ ।  रूसको सुदुर पूर्वी शहर ब्लागोभेस्चेभन्स्कमा कलेजका एक १८ वर्षीय विद्यार्थीले अन्धधुन्द गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने तीन अन्य घाइते भएकाछन् ।

विद्यार्थीले कक्षामा पढनेहरूमाथि गोली चलाएका थिए ।

अमुर क्षेत्रको स्वास्थ्य मन्त्रालयले स्पुतनिकलाई जनाए अनुसार तीन जना घाइते भएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।