चीन र भारतले समुद्रमा फोहर फालेर अमेरिका पु-याएको आरोप

चीन र भारतले समुद्रमा फोहर फालेर अमेरिका पु-याएको आरोप

काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतले समुद्रमा फोहर फालेर अमेरिका पु-याइरहेको आरोप लगाएका छन् । इकनोमिक क्लब अफ न्यूयोर्कमा आयोजित कार्यक्रममा ट्रम्पले यस्तो आरोप लगाएका हुन् ।

उनले भने “ चीन  र भारतजस्ता देशले आफ्ना  औद्योगिक सयन्त्रहरू र धुँवाको मुस्लोबाट भइरहेको प्रदुषणलाई केही गरिरहेका छैनन् । उनीहरूले आफ्ना फोहरका थुप्रो समुद्रमा फालेर अमेरिकाको लस एन्जेल्ससम्म पु-याइरहेका छन् ।”

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट हटने प्रक्रिया संयुक्त राष्ट्रसंघमा अगाडि बढाएको केही दिन पछि  ट्रम्पले सार्वजजिनकरूपमा विश्वमा फोहर चीन र भारतले बढाइरहेको आरोप लगाएका हुन् ।

जलवायु परिवर्तन एक जटिल मुद्दा भएको जनाउँदै ट्रम्पले भने “ तपाईँहरू विश्वास गर्नुस वा नगर्नुस तर म आफै पनि कतिपय मामिलामा एक वातावरणविद छु । म आफै पनि यो धरतीमा हावा पानी सफा स्वच्छ भएको चाहन्छु । तर जलवायु परिवर्तनसम्बन्धी सम्झौता एक पक्षीयरूपमा भयानक तथा आर्थिकरूपमा अनुचित भएकाले अमेरिका त्यो सम्झौताबाट हटेको हो । यो सम्झौताबाट अमेरिकामा रोजगार समाप्त भयो , विदेशी फोहरको संरक्षण भयो । अझ यो सम्झौता भएको भए खर्बौ अमेरिकी डलरको नोक्सान हुने थियो ।”

ट्रम्पले सबै सवाल अमेरिकालाई सोधिने गरेको तर  चीन, भारत र रूससँग कसैले केही नसोध्ने गरेको बताए ।