अमेरिकी अर्थतन्त्र भित्रै महाविनासको ढोका खुल्ने, चिनियाँ अर्थतन्त्रको  स्व रक्षाको पहल

अमेरिकी अर्थतन्त्र भित्रै महाविनासको ढोका खुल्ने, चिनियाँ अर्थतन्त्रको  स्व रक्षाको पहल

काठमाडौ, २७ कात्तिक । अमेरिकी अर्थतन्त्र भित्रै महाविनासको ढोका खुल्न लागेको र उसको मुद्रा डलरको हैकम समाप्त हुने गरी चिनियाँ अर्थतन्त्रको  स्व रक्षाको पहल भइरहेको अर्थविज्ञहरुले बताएका छन् ।
अमेरिकामा दुई अर्थतन्त्र छन् । वास्तविक अर्थतन्त्रमा अमेरिकाका ९९ प्रतिशत जनता बस्छन् ।  अर्को अर्थतन्त्रमा अमेरिकाका एक प्रतिशत जनता बस्छन् । एक प्रतिशतमा बैंकर तथा करपोरेट घरानियाँको बसोबास भएको केसरको प्रतिवेदनले जनाएको छ ।

उपभोक्ताले खर्च गरिरहेका छन् र जीवन चलिरहेको छ तर वालस्ट्रिटमा जोही कोहीले “ निरन्तर हस्तक्षेप, परिमाणात्मक कटौती आवश्यक भइरहेको र यो साता ब्याजदरमा भएका कटौती अमेरिकाका एक प्रतिशत जनताका लागि गरिएको हेर्नसक्ने स्टाकी हर्बर्ट बताउँछन् “एक प्रतिशतका लागि पर्याप्त धन कहिले पुग्दैन जहिले अझ बढी अझ बढी ....खोजिरहन्छन् ।”

म्याक्स केसरका अनुसार अमेरिकी अर्थतन्त्रमा एक महाविनाशको ढोका खुलिरहेको छ । चीनले आफ्नो अर्थतन्त्रको रक्षाका लागि जतिखेर २०,००० टन सुन र सुनमा आधारित गुप्त मुद्रा (क्रिप्टोकरेन्सी)को घोषणा गर्छ त्यसले अमेरिकी डलरलाई समाप्त पार्नेछ । यो अमेरिकाका लागि पर्ल हार्बरमा भएको जापानी आक्रमण जस्तै हुनेछ । यो अवस्था आगामी ६ महिना देखि ९ महिना भित्र आइरहेको केसरको पूर्वानुमान छ ।