बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालमा 

 बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालमा 

काठमाडौं, २६ कात्तिक। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगका छन् । उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।

उनको सम्मानमा नेपाली सेनाले विमानस्थलमै सम्मान गारथ अर्पण गरेको छ । उनी शुक्रबार नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किने छन् । उनी आज भक्तपुर क्षेत्रको भ्रमणमा जानेछन् भने साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।