महिलालाई औषधि खुवाइ खुलामा पिसाब गर्न लगाउने कसरी समातिए ?

महिलालाई औषधि खुवाइ खुलामा पिसाब गर्न लगाउने कसरी समातिए ?

काठमाडौ ।पिसाब बढाउने औषधि पेय पदार्थमा मिसाएर खुवाई महिलाले पिसाब फिरेको हेर्न रूचाउने व्यक्ति फ्रान्सको संस्कृति मन्त्रालयका एक पूर्व बरिष्ठ अधिकारी भएको खुलासा भएको छ ।

आफूसँग कुराकानी गर्न आउने महिलाको पेय पदार्थमा उनले पिसाब बढी हुने औषधि मिसाइ दिने र ती महिलालाई आफूसँग लिएर बाहिर जाने र तिनले पिसाब फिरेको हेर्ने गरेको फ्रान्सको स्थानीय सञ्चार माध्यममा उल्लेख गरिउको छ । तिनले १० वर्षको अवधिमा अपस्कर्ट फोटो पनि लिने गरेको समाचारमा उल्लेख गरिएको छ ।

रोजगारका लागि अन्तर्वार्ता दिन आउने युवा महिलाको पेय पदार्थमा यस्तो औषधि मिलाइ  क्रिस्टियन एनले यस्तो काम गर्ने गरेका थिए । पेय पदार्थमा त्यो औषधिले प्रभाव गरेसम्म घुमाइ खुला ठाउँमा लगि पिसाब गर्न लगाउने गरेको खुलेको हो । त्यसबेल उनले फोटो लिने गरेका थिए । 

उनको यो दुव्र्यवाहार बारे गएको जुनमा खुलासा भएको थियो । उनलाई गत अक्टोबरमा पदबाट निलम्बन गरिएको थियो । एक वर्षपछि उनलाई  यसका लागि कारबाही गर्न प्रक्रिया अघि बढाइएको हो । पाँच जना पीडित र केही मन्त्रालयका स्रोतहरूले यसबारे स्थानीय मिडियालाई जानकारी दिएका छन् ।

अनुसन्धान पछि तिनका विरूद्ध यौन उत्पीडन, गुप्त तस्विर लिएको र लागु औषधिसम्बन्धी अभियोग लगाइने भएको छ । उनीले अपराध स्विकार गरेका छन् । उनले आफ्नो यो हर्कतबट मात्र १०–२० महिला पीडित भएको बताएका छन् ।

ती मध्ये एक पीडितलाई मूत्रथैलीमा संक्रमण हुँदा अपस्ताल भर्ना हुन परेको उनले बताए । उनले भने आफू यो औषधिको असर यस्तो हुने विषयमा जानकार नरहेको समेत बताएका छन् । मन्त्रालयका एक अधिकारीले उनलाई गत जुनमा कार्यालयमा फोटो लिएको देखेर शंका लाग्दा कम्प्युटर जाँचबाट उनको अपराध खुल्न गएको थियो ।