नेपाली भुभाग मिचिएको बिरोधमा सत्तारुढ दलका विद्यार्थीहरु आन्दोलित, भारतीय दुताबास अगाडी भारतकै नक्सा जलाइयो

नेपाली भुभाग मिचिएको बिरोधमा सत्तारुढ दलका विद्यार्थीहरु आन्दोलित, भारतीय दुताबास अगाडी भारतकै नक्सा जलाइयो

काठमाडौँ, २२ कात्तिक । नेपाली भुभागहरु भारतले मिचेको विरोधमा सत्तारुढ दल नेकपा निकटका विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् ।

लैनचौरस्थित भारतीय दूतावास अगाडि सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार बिहान विरोध प्रदर्शन गरेको हो । विरोधका क्रममा विद्यार्थीले भारतको नक्सा जलाएका थिए भने 'लिपुलेक हाम्रो हो' भन्दै नारा लगाएका थिए ।

बिरोध कार्यक्रममा अनेरास्ववियूका अध्यक्ष रञ्जित तामाङ लगायतका विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए ।