६जीको विकास गरिरहँदा अमेरिकाले चिनियाँ ५ जी प्रयोग नगर्न युरोपमा दबाब दिँदै

६जीको विकास गरिरहँदा अमेरिकाले चिनियाँ ५ जी प्रयोग नगर्न युरोपमा दबाब दिँदै

काठमाडौ । चीनले तार बिनाको (वायरलेस)सूचना प्रविधिको ६जीको विकास गरिरहँदा अमेरिकाले युरोपलाई चिनियाँ ५ जी प्रयोग नगर्न दबाब तीव्र पारिरहेको छ ।

वायरलेस प्रविधिको क्षेत्रमा आफ्नो वर्चस्व स्थापित गर्ने उद्देश्यले चीनले अब ६ जी टेक्नलजिको विकास गर्ने घोषणा गरिरहेका बेला अमेरिकाले चिनियाँ ५ जी नेटवर्कको विकासलाई ध्वस्त पार्न युरोपका देशहरूलाई प्रयोग नगर्न दबाब दिन थालेको हो ।

चीनकोि विज्ञान तथा प्रविधि मन्त्रालयले ६जी नेटवर्कको विकासका लागि दुई समूह बनाएको छ । पहिलो समूहमा केही सरकारी नियोगहरूलाई समावेश गरिएको छ  भने अर्को समूहमा विभिन्न विश्वविद्यालय, अनुसन्धानकेन्द्र र कम्पनीहरूका गरी ३० भन्दा बढी विज्ञहरूको समूह गठन गरेको छ ।

चीनको उपमन्त्री वाङ सीले विद्यमान विश्वमा यो क्षेत्रको विकास अहिले विकासको चरणमै रहेको र ६जी अहिले स्पस्ट भइनसकेको बताए ।तर चीनले वायरलेसको यो दौडमा आफ्नो अग्रता कायम गर्न चाहेको छ । निकट भविष्यमा ६जीको विकास योजना सार्वजनिक गरिने उनले जनाए ।

चिनिाँ कम्पनीले ५जी नेटवर्कका लागि अमेरिकी र दक्षिण कोरियाली प्रतिस्पर्धी कम्पनीसँग घनीभूत प्रतिस्पर्धा गरिआएका छन् । गत साता तीन राज्यले ५ जी सेवाको विस्तार गरी चिनियाँ उपभोक्ताका लागि ५जी सेवा दिने घोषणा गरेका थिए  ।

यसअघि चिनियाँ कम्पनी हुवावेइका प्रमुख कार्यकारी रेन झेनफेइले ६ जीको विकास गर्न काम शुरू गरिसकेको जनाएको थिए । तर उनले यो काम पूरा हुन अझ १० वर्ष लाग्ने जनाएका थिए ।

अमेरिकी सरकारले हुवावेइ जस्ता चिनियाँ कम्पनीले जासुसी गरेको आरोप लगाउँदै तिनका ५ जी नेटवर्क प्रयोगमा नल्याउन युरोपेली युनियनलाई दबाब दिएको छ ।हुवावेइले अमेरिकी आरोपको खण्डन गरेको छ । जर्मनी लगायत युरोपका केही देशले अमेरिकाको यो दबाबलाई मानिरहने देखिएको छैन् ।