चोभारबाट अमेरिकी ब्राण्डको पेस्तोलसहित तीन लुटेरा पक्राउ

चोभारबाट अमेरिकी ब्राण्डको पेस्तोलसहित तीन लुटेरा पक्राउ

काठमाडौ, २१ कात्तिक । काठमाडौंको चोभारबाट प्रहरीले लुटेरा समूहका तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का रहेका छन् । उनीहरूलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट अमेरिकी ब्राण्डको पेस्तोल एक थान र त्यसमा लाग्ने ५ थान गोली समेत बरामद भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनका अनुसार उनीहरुबाट एउटा बा१७च ८३६४ नम्बरको निजी कार र केही परिमाणमा लागूऔषधसमेत बरामद गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।