नेकपाकी विद्या भट्टराईले कास्की २ मा उम्मेदवारी दर्ता गराइन्

नेकपाकी विद्या भट्टराईले कास्की २ मा उम्मेदवारी दर्ता गराइन्

कास्की, २१ कात्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको उम्मेदवारी दर्ता गराएकी छिन् ।

उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् । विद्या दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् ।

उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय जानुअघि उनले रविन्द्र अधिकारीको जन्मस्थान भरतपोखरीका ८७ वर्षीया पूर्णकुमारी आचार्य र ८५ वर्षीय बैकुण्ठनाथ आचार्यबाट आशिर्वाद ग्रहण गरेकी थिइन् ।