भक्तपुरमा नेकपाका ढकालले गरे मनोनयन दर्ता

भक्तपुरमा नेकपाका ढकालले गरे मनोनयन दर्ता

भक्तपुर, २१ कात्तिक । प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि भक्तपुर १ ‘ख’मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी कांग्रेसका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्।

 भक्तपुर १ (ख) मा नेकपाका देवीप्रसाद ढकाल (डीपी) र कांग्रेसका कृष्णप्रसाद भँडेलले मनोनयन दर्ता गरेका हुन्।

नेकपाको उम्मेदवार मनोनयनका लागि पार्टी सचिवालय सदस्य वामदेव गौतम, पूर्वमन्त्री एवं भक्तपुरकै सांसद महेश बस्नेत लगायतको उपस्थिति थियो भने कांग्रेसको उम्मेदवारी मनोनयनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा उपस्थित थिए।

तत्कालीन सांसद हरिशरण लामिछानेको मृत्यु भएपछि मंसिर १४ गते सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। प्रदेशसभामा उम्मेदवार बनेका ढकाल नेकपाका भक्तपुर जिल्ला सचिव हुन्।