पोखरा निर्वाचन अधिकृतको कार्यालय नजिकै बिस्फोट

 पोखरा निर्वाचन अधिकृतको कार्यालय नजिकै बिस्फोट

कास्की, २१ कात्तिक । उप निर्वाच नजिकिदै गर्दा बम बिस्फोटका घटनामा बढोत्तरी हुन थालेका छ । पोखरामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बिहीबार विस्फोट भएको छ । उपचुनावको मनोनयन दर्ता कार्यक्रमको समय सुरु हुनासाथ निर्वाचन कार्यालय नजिकै रहेको निर्माणाधिन पोखरा पर्यटक बसपार्कमा विस्फोट भएको हो ।

विस्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । विस्फोट कसले र किन गरिएको भन्नेबारे पनि थाहा हुन सकेको छैन । वैदाम प्रहरी इञ्चार्ज डीएसपी कोमल शाहले स्थिति नियन्त्रणमा रहेको जानकारी दिए । 

कास्की–२ मा हुन लागेको प्रतिनिधिसभाको उपचुनावको लागि बिहीबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।