तिब्बत चीनको भएको स्वघोषणाको भारतले सम्मान गरोस

तिब्बत चीनको भएको स्वघोषणाको भारतले सम्मान गरोस

यो वर्ष जनगण चीनको ७०औं तथा तिब्बतमा जनतान्त्रिक सुधारको ६०औं वार्षिकोत्सव मनाइयो । गएको ६० वर्षमा चीनको कम्युनिष्ट पार्टीको नेतृत्वमा तिब्बतमा महान परिवर्तनहरू भएका छन् ।राजनीतिकरूपले सामन्ती दासत्वको पछयौटेपन समाप्त भयो र गुरू तथा क्षेत्रीय आदिवासी जनजातिका जनताको स्वायत्ताका साथ एक समाजवादी प्रणाली स्थापित भयो । आर्थिकरूपले  तिब्बतले लगातार २६ वर्षदेखि दुई अंकको आर्थिक बृद्धि प्राप्त गरिआएको छ ।सन् २०१८मा तिब्बतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)१४७.७६३ अर्ब आरएमबी युयान रहयो । सांस्कृतिकरूपमा तिब्बती भाषा चीनको पहिलो आदिवासी जनजातिको अल्पसंख्यक भाषाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा ग¥यो ।तिब्बती भाषामा पुस्तक तथा सांस्कृतिक कार्यक्रमहरू समृद्ध तथा रंगीन बनेका छन् । शिक्षामा ७० वर्ष अघि २ प्रतिशत भन्दा कम बालबालिका विद्यालयमा नाम लेखाउने दर र युवा अशिक्षा ९५प्रतिशत थियो यसमा प्रगति भइ २०१८मा व्यक्ति विद्यालय शिक्षा बढेर ९.५५ हुन पुग्यो । धार्मिक क्षेत्रमा यहाँ १हजार ७सय धार्मिक स्थलहरू छन्  र ४६ हजार बढी आवासीय भिक्षु तथा भिक्षुणीको संख्या रहेको छ । हरेक वर्ष करोडौं मानिस बुद्धको पुजा गर्न ल्हासा आउनु गर्छन् ।

तिब्बती र चीनको अन्य जातिसमुदायको मातृभूमिको रूपमा तिब्बत रहेको छ । सातौं शताब्दीमा तिब्बती शासक सङचङ गम्बोले चीनको ताङ वंशका राजकुमार वेङचेङसँग बिहेगरे र यहाँ बुद्धधर्म ताङ साम्राज्यबाट परिचित गराइयो । १३औं शताब्दीमा युयान वंशले तिब्बतलाई आफ्नो प्रत्यक्ष शासनको अधिनमा ल्यायो ।तिब्बतको शासन व्यवस्थालाई निरन्तर बलियो पार्ने काम मिङ वंशले ग¥यो । किङ वंशको बेला तिब्बतमा बुद्धको जीवित अवतार प्रणालीको स्थापना गरियो । ऐतिहासिक प्रमाणहरूले तिब्बत प्राचीन कालदेखि चीनको भाग रही आएको प्रमाणित गर्छन् ।आजको संसारमा वैश्विकरूपमा तिब्बतलाई चीनको एक अभिन्न अङ्ग भएको मान्यता छ र कुनै पनि देशले कहिल्यै पनि ‘स्वतन्त्र तिब्बत’को समर्थन गरेको छैन् । न त यस्तो कुनै चीज कथित तिब्बतको राजनीतिक हैसियतमा छ ।

हालका वर्षहरूमा भारतसमेतका पत्रकारहरूले तिब्बतको भ्रमण गरेका छन् । उनीहरूले तिब्बतको आर्थिक तथा सामाजिक उपलब्धि, धार्मिक स्वतन्त्रता र तिब्बतीहरूले बाँचिरहेको सुखी जीवनलाई प्रत्यक्ष देखेका छन् । धेरै भन्दा धेरै मानिसले तिब्बतको विद्यमान अवस्थालाई विवेकशील तथा वस्तुगत प्रकाशमा दृष्टिकोण बनाउन र पश्चिमा मिडियाले लगाएको झूठो आरोपबारे पुनःविचार गर्न शुरू गरेका छन् । चिनियाँ संविधान तथा कानुन अनुसार चिनियाँ सरकारले नागरिकको धार्मिक स्वतन्त्रताको सुंरक्षा गर्छ ।चिनियाँ सरकारले तिब्बती जनताको धार्मिक स्वतन्त्रताको उल्लंघन गर्ने गरेको आरोप लगाउनेहरू कि त कहिल्यै तिब्बत गएका छैनन वा उनीहरूले कुनै गुप्त मनसाय राखेका छन् ।  

तिब्बती बौद्धवादी प्रणालीको अद्वितीय विरासत जीवित बुद्धको अवतार हो ।सन् १६५३देखि १७१३ सम्म ,औपचारिकरूपमा दलाई लामा र पान्चेन एरदेनीको उपाधि स्थापित गरिरहन र  तिब्बतको राजनीतिक धार्मिक हैसियत दिइने गरी किङ वंशका सम्राटहरूले पाँचौ दलाइ लामा र पाँर्चा पान्चेन लामाको सम्मानित उपाधि दिए  ।

सन् १७९३मा किङ सरकारले अवतारी दलाई लामा र अन्य जीवित बुद्धहरूको निर्धारण गरिरहने ‘स्वर्ण कलशबाट छान्ने’ प्रक्रिया र यो प्रक्रियाबाट छानिएका व्यक्तिलाई केन्द्रिय चीनको प्राधिकरणबाट प्रमाणिकरण प्राप्त हुने प्रावधानसहित  तिब्ब्तमा राम्रो सुशासनलाई ध्यान दिने सम्राज्य दरबारको तर्फबाट २९ धाराको सनद घोषणा ग¥यो । विद्यमान १४औं दलाइ लामा  त्यतिखेरको चीनको राष्ट्रिय सरकारबाट प्रमाणिक व्यक्ति हुन र सन् १९४०मा उनको आसन ग्रहण सम्मान समारोहबाट सम्मानित गरिएको थियो । ११औं पान्चेन लामा स्वर्ण कलश प्रक्रियाबाट छनौट गरी चीनको केन्द्रिय सरकार पीआरसीबाट प्रमाणीकरण गरिएको थियो  र उनको आसन ग्रहण सम्मान १९९५मा भएको थियो ।सन् २००७मा अवतारी जीवित बुद्धहरूलाई  चिनियाँ सरकारले विद्यमान कानुनको अधिनमा राख्ने गरी तिब्बतको बौद्धवादीहरूको बुद्धहरूको जीवित अवतारहरूका लागि मापदण्डसम्बन्धी व्यवस्थापनको घोषण ग¥यो ।अहिले चीनमा १३३१ जीवित बुद्धहरू छन् । ती मध्ये ३५६ तिब्बतमा रहेका छन् । तिनको अवतारसम्बन्धी विषय राष्ट्रिय कानुन तथा नियम, धार्मिक कर्म तथा पारम्परिक व्यवहारका आधारमा पूरा हुनुपर्छ ।


२३ जुन २००३मा चीन र भारतले सम्बन्ध तथा बृहत सहयोगको सिद्धान्तहरूको घोषणामा हस्ताक्षर गरे । सो घोषणा अनुसार भारतले तिब्बत स्वायत्त क्षेत्रलाई चीनको भूमि भनेर मान्यता दिन्छ र भारतमा चीन विरोधी गतिविधिमा तिब्बतीहरूलाई संलग्न हुन दिनेछैन् । यो प्रतिबद्धता यी दुई देशबीच भएका दुई पक्षीय दस्तावेजहरूमा पटक पटक दोह¥याइएका छन् ।चीनले भारतको अवस्थितिलाई सम्मान गर्छ ।भारत एक जिम्मेवार, आफ्नो अवस्थितिमा अडिरहने, आफ्ना प्रतिबद्धताप्रति प्रतिबद्ध रहने,तिब्बतसम्बन्धित विषयमा हुने हस्तक्षेपको विरोध गर्ने र चीन तथा भारतका सम्बन्धहरूको स्वस्थ्य तथा सन्तुलित विकासको प्रवद्र्धन गर्ने देश भएकोमा चीनको आश र विश्वास छ ।


(भारतका लागि चिनियाँ राजदूत सुन वेइदोङको हिन्दुस्तान टाइम्समा प्रकाशित लेखको अनौपचारिक अनुवाद)