धितोपत्र बोर्डको अध्यक्ष चयन गर्न डा. फुयाल संयोजक 

धितोपत्र बोर्डको अध्यक्ष चयन गर्न डा. फुयाल संयोजक 

काठमाडौं, २० कात्तिक । नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको नयाँ अध्यक्ष चयन प्रकृयाका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
सो समितिको सदस्यहरुमा राजश्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन् ।

उक्त समितिले कूल आवेदकहरुमध्येबाट तीन जना चयन गरी सरकारसमक्ष सिफारिस गर्ने छ । सोही सिफारिसका आधारमा मन्त्रिपरिषदको बैठकले एक जनालाई अध्यक्ष छनोट गर्ने छ ।