गण्डकी प्रदेश प्रमुख शेरचनले गरे पदबहाली

गण्डकी प्रदेश प्रमुख शेरचनले गरे पदबहाली

कास्की, २० कात्तिक । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन्  ।श ेरचनले बुधबार पदबहाली गरेका हुन् ।

पदबहालीसँगै सेरचनले देशमा देखापरेको संकट निवारणमा समझदारी र सहमतिमार्फत भूमिका खेल्ने बताए । उनले भने, “राष्ट्रको जो समस्या छ, नेपालीहरुका गरिबी, बेरोजगारी, देशको मूल समस्या हो सम्पूर्ण नेपाली जनताको, राजनीतिक दलहरुको, तत्कालीन आन्दोलमा सहभागी सबै सहयात्रीहरुको समझदारी र सहमतिमा मुलुकको राष्ट्रिता, सार्वभौमिकतालाई जोगाउन सक्छौँ, हामी त्यो दिशातर्फ जानुपर्छ । र, त्यही उद्धेश्यलाई कम्तीमा पनि केही न केही सहयोग पुर्याउन सक्छु कि भन्ने लागेको छ, सोहीकारण मैले पद स्वीकार गरेको हुँ ।”