आतंकवादी संगठन मुजाहिद्दिनको यसरी अखडा बन्दैछ नेपाल

आतंकवादी संगठन मुजाहिद्दिनको यसरी अखडा बन्दैछ नेपाल

काठमाडौं, २० कात्तिक । अमेरिकी विदेश विभाग ‘कण्ट्रि रिपोर्ट अन टेररिज्म २०१८’ जारी गर्दै इण्डियन मुजाहिद्धिनको पहिलो लक्ष भारतमा आतंकका घटना घटाउने ठोकुवा गरेको छ ।

यो समूहलाई पाकिस्तानसहित मध्यपूर्व एसिया र पश्चिम एसियाका देशहरुको लगानी रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा पाकिस्तान वाहेक मध्य पूर्व र एसियायी देशको नाम भने खुलाइएको छैन । तर, मुजाहिद्धिनले सबैभन्दा ठूलो अखडा नेपालमा बनाएको ठोकुवा गरेको छ । 

अमेरिकी प्रतिवेदनमा नेपाल–भारतको खुला सिमाना र नेपालको एकमात्र अन्तराष्ट्रिय बिमानस्थलमा प्रयाप्त सुरक्षा नभएकाले मुजाहिद्धिनलाई सहज भएको उल्लेख छ । भारतका दैनिक भाष्करलगायतका अखबारले यो प्रायोजित समाचारलाई प्राथमिकताकासाथ प्रकाशन गरेका छ । यो संगठनलाई ‘फरेन टेरोरिस्ट अर्गनाइजेशन’ले ११ सेप्टेम्बर २०११ देखि अन्तराष्ट्रिय आतंकवादी संगठन घोषित गरेको हो ।