भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउने 

भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउने 

काठमाण्डौ, २० कात्तिक । भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउने भएका छन् । उनी युनिसेफको पोषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउने भएका हुन् । 

युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरको तेस्रो साताभित्र नेपाल आउने युनिसेफले जनाएको छ । उनी आउने मिति यकिन नभए पनि १६ तारिख वा २० र २२ मध्ये कुनै एक तारिख नेपाल आउने तयारी भइरहेको युनिसेफले जनाएको छ ।

केही घण्टाका लागि नेपाल आउन लागेका सचिनलार्इ नेपाली खेलाडीले भेट्न भने पाउने छैनन् । त्यतिबेला नेपाली खेलाडी बंगलादेश र यूएईमा हुने भएकाले समय नमिल्ने भएको हो ।
यसअघि २०६९ सालमा भारतका पूर्वकप्तान महेन्द्रसिंंह धोनी नेपाल आएका थिए । दुई दिने भ्रमणका क्रममा धोनीले केही घन्टा कीर्तिपुर क्रिकेट मैदानमा बिताएका थिए।