महाभियोग कसरी डेमोक्रेट्सका लागि ठूलो भूल ?

महाभियोग कसरी डेमोक्रेट्सका लागि ठूलो भूल ?

युक्रेनकाण्डमा मात्र केन्द्रित भई अमेरिकाको प्रतिपक्षी दल डेमोक्रेट्सले राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाभियोग लगाउने पहल गरे त्यो उनीहरूका लागि एक ठूलो भूल हुने कतिपयको बुझाइ रहेको छ ।

अमेरिकी सदनमा सभामुख न्यान्सी पेलोसीले संविधानका धाराहरु भावुक भई पढिरहँदा सदनमा अल्पसङ्ख्यक नेता केभिन म्याककार्थीको उटपट्याङ्ग प्रस्तुतिसहितको ट्रम्पविरूद्धको महाभियोगको पहिलो एकांकी मञ्चन गरिएको देखियो ।

युक्रेन सरकारसँगको सम्बन्धलाई लिएर मात्र डेमोक्रेट्सले महाभियोग लगाउने प्रयास अगाडि बढाए त्यसको नियति पूर्व राष्ट्रपति बिल क्लिन्टनको जस्तो हुने र यसबाट ट्रम्पलाई अर्को वर्ष हुने राष्ट्रपति चुनावमा बलियो पार्ने ‘दिस क्यान बि ह्याप्निङ’ अनलाइन पत्रिकाका संस्थापक डेभ लिन्ड्रोफको भनाइ रहेको छ ।

डेमोक्रेट्सहरूले रिपब्लिकनहरूको महाभियोगसम्बन्धी खतरनाक मोडललाई पछ्याइरहेका छन्, जसले सन् १९९८–९९ पूर्वराष्ट्रपति क्लिन्टनमाथि लगाइएको महाभियोगले उनलाई सर्वाधिक लोकप्रियमध्येका एक राष्ट्रपतिको रूपमा स्थापित गराएको थियो ।

डेमोक्रेट्सले यसको साटो पूर्वराष्ट्रपति रिचार्ड निक्सनलाई सत्ताच्युत गराउने महाभियोगको बाटो खोज्नुपर्ने छ, जतिखेर सदनमा बहुमत थिएन । 
निक्सनविरूद्धको महाभियोगलाई फर्की हेर्दा निक्सनलाई बाध्य पारिएको थियो । निक्सन त्यस्ता राष्ट्रपति थिए, जसले दोस्रो पदावधिका लागि ६०.७ प्रतिशतको एक ऐतिहासिक मत प्राप्त गरी पद सम्हालेका थिए । उनको तुलनामा उनका प्रतिपक्षी डेमोक्रेट्स सिनेटर जर्ज म्याकगभर्नलाई ३७.५ प्रतिशतमात्र मत प्राप्त भएको थियो । निक्सनले ४९ प्रदेशको निर्वाचक मण्डलमा विजय प्राप्त गरेका थिए । म्यासाचुसेट्समा मात्र जीत प्रतिपक्षीले पाएको देखिन्छ ।

सिनेटर स्याम इर्भिनको नेतृत्वमा रहेको वाटरगेट समितिले निक्सनविरूद्धको अनुसन्धानलाई सार्वजनिक सुनुवाइको रूपमा  मे १७, १९७३ मा बढाएको थियो । यतिबेला निक्सनले जितेको मात्र ६ महिना बितेको थियो । वाटरगेटको कुरो चुहिएका बेला ग्यालप सर्वेक्षणमा निक्सनको लोकप्रियता झन् ६७ प्रतिशतको उचाईमा पुगेको देखाएको थियो ।

अनुसन्धान अघि बढेको चार महिनाभित्र उनको लोकप्रियता ४० को बीचमा झरेको थियो । जसोजसो अनुसन्धानको सुनुवाइ अगाडि बढ्यो, त्यसैगरी उनको लोकप्रियता निरन्तर खस्कँदै गयो । उनको समर्थन २७ प्रतिशतमा झरेर गयो । अहिलेको अमेरिकी सदनले दर्शाएको व्यवहार फरक थियो त्यतिखेर । अनुसन्धानको ३ महिनापछि मात्र निक्सनविरूद्ध महाभियोग लगाउन काममा न्यायिक समिति फेब्रुअरी ६, १९७४ मा अगाडि बढेको थियो । 
महत्वपूर्ण विषय न्यायिक समितिले दस्तावेज, टेप र प्रमाण सङ्कलन गर्न सुरू गरेको थियो । समितिले महाभियोग लगाउनका लागि अन्य अपराधसम्बन्धी प्रमाण जुटायो । निक्सनलाई महाभियोग लगाउने कुरा सुरू भएपछि रिपब्लिकनहरू सशक्तरूपमा बचाउका लागि उभिए, अझ धेरै डेमोक्रेट्स हतोत्साही तथा अविश्वस्त अवस्थामा थिए । तर अनुसन्धानको सुनुवाइको प्रामाणिकता ह्वाइट हाउस र उनको अभियानका कर्मचारी, वाटरगेट दुबैका कर्मचारीहरुका बारेमा सूचना वितरण गर्ने काम भयो, उनको लोकप्रियता पनि घट्दै गयो ।

न्यायिक समितिले महाभियोगका तीन धाराहरूमा मतदान गराउनु अघिसम्म उनको लोकप्रियता घटेर २० प्रतिशत तल झरेको थियो । समितिमा रहेका केही रिपब्लिकनहरूले समर्थन गरेपछि प्रस्ताव जित्ने कुरो पक्कै भयो । न्यायिक समितिको यो गतिविधिपछि यो प्रस्ताव महाभियोगको रूपमा सदनमा लाँदा रिपब्लिकनहरूको महत्वपूर्ण समर्थन हुनसक्ने देखिएको थियो । सदनमा महाभियोग पारित भए उनलाई जेल जानुपर्ने थियो । त्यसैले उनले राजीनामा दिए ।

डेमोक्रेट्सहरूले राष्ट्रपति ट्रम्पलाई पदच्युत गराउन खोजेका हुन् भने यो प्रक्रिया पछ्याउनुपर्ने आवश्यकता रहेको कतिपय विज्ञहरूको भनाइ छ ।
युक्रेनको विषयमा उठाइएको एउटै विषयमा महाभियोग लगाउने प्रयासबाट अमेरिकीहरूको समर्थन ट्रम्पलाई प्राप्त हुन सक्ने छ । यो विषय मात्रैले ट्रम्प संवैधानिक सरकारका लागि खरनाक हुन सक्ने पुष्टि गर्न गा¥हो हुनेछ ।

त्यसैले सदनको न्यायिक समितिले आफ्नो पूर्ण अधिकारको प्रयोग गरी महाभियोग लगाउने विषयका विभिन्न अपराधहरूको परीक्षणका लागि सुनुवाइको प्रक्रियालाई विस्तार गर्न सुरू गर्नुपर्ने देखिन्छ । अमेरिकी जनतालाई करलगायतमा ठगेको, विभिन्न अवसरहरूमा न्यायमा बाधा पु¥याएको, घुस दिएको, अख्तियारको दुरूपयोग गरी व्यक्तिगत लाभ लिएको, निर्वाचन कानुनको उल्लंघन गरेको र बलत्कार र बलत्कारको प्रयास गरेका विषयहरूमा समितिले अनुसन्धान र परीक्षणलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ ।

आगामी ६–१२ महिनासम्म महाभियोग लगाउन यस्ता गलत कार्यको बलियो व्याख्याबारे अमेरिकी जनतालाई जनाउ दिनुपर्ने आवश्यकता छ । ट्रम्पको समर्थन अहिले ४० प्रतिशतको हाराहारीमा छ । उनको लज्जास्पद व्यवहारले यो लोकप्रियता घट्दै जानेछ । उनको अपराधका प्रमाण थुप्रिंदै जाँदा उनले राजीनामा दिन बाध्य हुन सक्छन् । फेरि चुनाव जितेर आउने अवस्था त्यति स्पष्ट रहेको नदेखिएको कतिपयको बुझाइ छ । दबाब बढ्दै जाने हो भने उनको रोजाइ निक्सनको रोजाइजस्तो क्षमादानसहितको राजीनामा हुनेछ ।

लेन्ड्रोफका अनुसार ट्रम्पले महाभियोग वा सिनेटमा अभियोग लगाइए वा राजीनामा दिएर पद छोड्न सक्ने देखिन्छ । यस विषयमा सभामुख न्यान्सी पेलोसीको भूमिका महत्वपूर्ण हुन्छ । पेलोसीले गलत रणनीति अंगाले ट्रम्पको विजयलाई सुनिश्चित गर्ने छ । समयबद्ध साप्ताहिकबाट