भारतले सार्वजनिक गरेको नक्साप्रति सरकारले आपत्ति जनाउनु पर्छः भीम रावल

भारतले सार्वजनिक गरेको नक्साप्रति सरकारले आपत्ति जनाउनु पर्छः भीम रावल

काठमाडौं, २० कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले भारतले सार्वजनिक गरेको नक्साप्रति आपत्ति जनाउनुपर्ने बताएका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले उक्त नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्र भारत सरकारले नक्सामा देखाएकोमा नेपाल सरकारले आपत्ति जनाउनुपर्ने जनाए ।

नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएकोप्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ,’ रावलले ट्विट् गर्दै भनेका छन्, ‘यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनु पर्छ । भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको उनले उल्लेख गरेका छन् ।