११ हजार वैज्ञानिक भन्छन् –‘जलवायु परिवर्तन स्पस्ट र सुबोध आकस्मिक संकट’

११ हजार वैज्ञानिक भन्छन् –‘जलवायु परिवर्तन स्पस्ट र सुबोध आकस्मिक संकट’

काठमाडौ । विश्वका ११ हजार वैज्ञानिकहरूले विश्व जलवायु परिवर्तनको आकस्मिक संकटको अगाडि रहेको र विश्वका सरकारहरूले यो आकस्मिक जोखिमका बारेमा केही नगरिरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

४० वर्षको डेटालाई विभिन्न मापदण्डबाट अध्ययन गरी निकालिएको अनुसन्धानलाई विश्वका ११ हजार वैज्ञानिकहरूको समूहले  समर्थन गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो ।

यस विषयमा सरकारहरूले आवश्यक पहल नगरे मानव जाति नभनिएको दुःखमा फस्ने उनीहरूले चेताएका छन् । 

अनुसन्धानबाट निस्केको खतरनाक परिणामाबारे चेताउनु आफूहरूको नैतिक दायित्व भएको उनीहरूले जनाएका छन् ।

स्याटेलाइड डेटाको अनुसार भर्खरै बितेको अक्टोबर महिना अहिलेसम्मकै सबैभन्दा तातो अक्टोबर महिनाको रूपमा पाइएको र यो विश्वका लागि खतरनाक भएको उनीहरूले जनाए ।

उनीहरूले विगत ४० वर्षको जलवायु परिवर्तनसम्बन्धी संकेतहरूको अध्ययन गरेको जनाएका छन् । मानिसको बृद्धि तथा जनवारको संख्या, प्रतिव्यक्ति मासु उत्पादन, विश्वको रूखले ढाकेको क्षेत्रमा आएको कमी र

पेट्रोलियम पदार्थको उपभोग लगायतका विषयहरूको अध्ययनलाई यसमा समावेश गरिएको छ ।

नवीकरणीय ऊर्जा जस्ता केही क्षेत्रमा प्रगति भएको देखिएको पनि अध्ययनमा उल्लेख छ । वायु तथा सौर्य ऊर्जाको उपभोगमा महत्वपूर्ण बृद्धि भएको छ ।

यो बृद्धि प्रति दशकको आधारमा ३७३ प्रतिशतले नवीकरणीय ऊर्जाको उपभोगमा बृद्धि भएको हो । तर यो सन् २०१८मा पेट्रोलियम पदार्थको प्रयोगको तुलनामा अझ २८ गुनाले कम रहेको छ । जलवायु परिवर्तनको जोखिमको स्तर अनुसार सरकार र जनस्तरबाट उठनुपर्ने आवाज त्यतिकै कमजोर रहेकोमा वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका हुन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकी प्रशासनले पेरिस जलवायु परिवर्तनसम्बन्धी सम्झौताबाट आफू हटने प्रक्रिया संयुक्त राष्ट्रसंघमा अगाडि बढाएको छ।