शेयरबजारमा झिनो गिरावट, कारोबार रकम बढ्यो

शेयरबजारमा झिनो गिरावट, कारोबार रकम बढ्यो

मंगलबार शेयरबजारमा झिनो अंकको गिरावट देखिएको छ । शेयरबजार परिसूचक नेप्से ०.८१ अंकले घटेर ११३९.४५ अंकमा आइपुगेको छ । कारोबार रकम भने केही बढेर २८ करोड ४४ लाख माथी रहेको छ । कारोबार रकम बढ्नुमा प्रभु बैंकको प्रमोटर शेयरको र साल्ट टे«ेडिङको म्याचिङले गर्दा केही बढेको हो । 

आजको कारोबारमा प्रभु बैंक, एभरेष्ट बैंक र नबिल बैंकको कारोबार रकम १ करोड नाघेको छ। प्रभु बैंकको शेयरमूल्य यस दिन एक रुपैयाँ घटेको छ भने नबिलको २ रुपैयाँ बढेको छ। एभरेष्ट बैंकको शेयरमूल्य यस दिन स्थिर रहेको छ। उल्लेखित सवैको कम्पनीले लाभांष घोषणा गरेकोले अधिक कारोबार भएको हो । 

मंगलबारको कारोबारमा ११४०.२१ विन्दु वरिपरि घुमिरहेको थियो । आज शेयरबजारमा खासै उतारचढाव देखिएन ।  कारोबारमा आएका १२ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचक यस दिन १.८८, उत्पादनको ०.६९ र बैंकिङ्गको ०.०४ प्रतिशत बढेको छ । लघुवित्त उपसमूहको परिसूचक भने यस दिन १ अंक बढेको छ। यसको साथै निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन ०.६८, वित्तको ०.६३, अन्यको ०.४७, होटलको ०.३५, हाइड्रोपावरको ०.३३, जीवन बीमाको ०.३ र विकास बैंकको ०.०३ प्रतिशत घटेको छ। व्यापार उपसमूहको परिसूचक स्थिर रहेको देखिन्छ