महरामाथिको कार्वाहीपछि तरङ्ग 

महरामाथिको कार्वाहीपछि तरङ्ग 

काठमाडौं । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएसँगै राजनीतिक तरङ्ग आएको छ । महरामाथि बलात्कारको आरोप लगाइएकी रोशनी शाहीले अदालतमा नै उपस्थित भएर आफूलाई महराका विरुद्ध उभ्याउन जवर्जस्त षडयन्त्र भइरहेको जिकिर गरेकी थिइन । अहिले लगाइएको आरोपका आधारमा महरालाई थुनछेक गर्नुपर्ने कुनै कारण नभएको थुप्रै कानुनविदहरुको भनाइ छ ।

थुनछेक बहस सकिए लगत्तै उनलाई डिल्लीबजार कारागार चलान गर्न अदालतले सोमबार आदेश दिएको थियो । मुलुकी फौजदारी संहिताको दफा ८० बमोजिम महरालाई जेल चलानको आदेश भएको हो । दफा ८० बमोजिमको थुनुवा पुर्जी दिएर पछि ठहरे बमोजिम हुने गरी थुनामा पठाइएको छ । 

महरालाई राजनीतिक प्रतिशोधको आधारमा सजायँ दिइन्छ भनेर धेरैले पहिले नै अनुमान गरेका थिए । उनका कतिपय मानवीय सीमा कमजोरी त देखिए तर यो स्तरको कार्वाही गर्नुपर्ने अवस्था थिएन ।