सातवटै प्रदेश प्रमुखहरुले राष्ट्रपति समक्ष लिए सपथ

सातवटै प्रदेश प्रमुखहरुले राष्ट्रपति समक्ष लिए सपथ

काठमाडौं, १९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन् ।

मंगलबार बिहान उनीहरुलाई शितलनिवासस्थित राष्ट्रपति भवनमा भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले  सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो । सरकारले सोमबार सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त गरी राष्ट्रपतिसमक्ष सिफारि गरेको थियो ।