आखिर भारतले नेपालको कालापनी  र लिपुलेक आफ्नो नक्शामा पा-यो 

आखिर भारतले नेपालको कालापनी  र लिपुलेक आफ्नो नक्शामा पा-यो 

काठमाडौ । भारतको सर्वे विभागले सार्वजनिक गरेको नयाँ राजनीतिक मानचित्रमा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो बनाएको देखिएको छ ।

भारतको गृहमन्त्रालयले जम्मु काश्मिर र लद्दाखको विभाजन गरी दुई छुट्टा छुट्टै प्रान्त बनाएर सार्वजनिक गरेको नयाँ राजनीतिक मानचित्रमा नेपाली भूमि भारतमा पारिएको देखिएको हो ।

नेपालको परराष्ट्रका अधिकारीहरूका अनुसार यो विषयमा नेपालको तर्फबाट भारतसमक्ष असहमित जनाइसकिएको छ ।

नेपालको असहमति रहँदा रहँदा भारतको तर्फबाट नेपाली भूमिलाई नक्शामा पार्ने काम भएकोमा सरोकारवालाले चिन्ता तथा आक्रोश व्यक्त गरेका हुन् ।

नेपालको सर्वे विभागका अधिकारीहरूले  कालापानी र लिपुलेक भारतीय भूमिमा राखिएको बताएपनि खुलेर तयार भएका छन् । उनीहरूका अनुसार यो उच्चस्तरीय विषय भएकोले यसबारे उच्च तहले बोल्नुपर्ने हो ।

नेपालले लामोसमय देखि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भूमि भएको दाबी गर्दै आएको छ । 

नेपालको सर्वे विभागले सार्वजनिक गरेको राजनीतिक मानचित्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमिमा रहेको छ ।

चीन र भारतले लिपुलेक भएर भारतीय प्रान्त उत्तराखण्डमा जाने गरी सन् २०१५मा गरेको सम्झौताबारे दुबै देशसमक्ष नेपालले ध्यानाकर्षण गराएको छ ।

तर दुबै देशको तर्फबाट नेपाली पक्षलाई सन्तुष्ट गर्ने खालको जवाफ प्राप्त नभएको सरकारी अधिकारीहरूको बुझाइ छ ।

नेपालको तर्फबाट चीन भारतबीच सन् २०१७मा भएको डोक्लाम तनावका बेला आफ्ना यी विषयलाई उठाउन नसकिनु कमजोरी भएको उनीहरूको बुझाइ छ ।

कालापानीको विवाद सन् १९६२ देखि रहीआएको विज्ञहरूको भनाइ रहेको छ । सीमाविद्का परिचय बोकेका सर्वे विभागका पूर्व निर्देशक बुद्धिनारायण श्रेष्ठले  भारतले नेपाली सीमास्तम्भहरू उखेलेर फालेको आरोप लगाउँछन् ।

चीनसँग भारतको युद्ध भएदेखि कालापानी भारतले लिएको छ । सन् १९५२मा मात्रिका प्रसाद कोइरालाको समयमा काठमाडौ र नेपालको उत्तरी सीममा भारतीय सेना तैनाथ गर्न पाउने अनुमति दिइएको थियो । युद्धपछि सबै सैनिक तैनाथी हटाएपनि कालापानीबाट भारतले सेना हटाएन् ।

त्यतिबेला देखि यो विवादित भइआएको विज्ञहरूको बुझाइ छ ।

नेपाल भारतबीच हुने गरेको सीमा विवाद बैठकबाट यसर्ला सन् २०२२सम्म सुल्झाउने सहमति बनेको देखिएको छ ।यो समाचार अनिल गिरीले काठमाडौ पोस्टमा लेखेका छन् ।